२८ बैशाख २०८१, शुक्रबार / Fri May 10, 2024

सदस्यको सुझाव लिएर व्यावसायिक योजना बनाउँदै बुडोल सामुदायिक साकोस


बनेपा । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आर्थिक बर्ष ०८०।०८१ को बार्षिक कार्ययोजना तथा बजेट तर्जुमाको सन्दर्भमा सदस्य शिक्षा शिविर तथा बिस्तारित मञ्च सम्पन्न भएको छ ।
गत शनिबार बनेपा–०६, बुडोल स्थित चेतना केन्द्रमा सम्पन्न कार्यक्रममा सञ्चालक समिति, लेखा सूपरिवेक्षण समिति, सल्लाहकार, बिभिन्न उपसमिति, सेवाकेन्द्र ब्यबस्थापन उप समिति र सम्पर्क ब्याक्ति, अगुवा सदस्यहरु र उच्च व्यवस्थापनका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका सचिव जयराम थापाले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका ऋण अधिकृत उमेश आचार्यले संस्थागत प्रस्तुति तथा बिद्यमान अवस्थामा संस्थाको स्थितिको बारेमा संक्षिप्त प्रस्तुतिकरण गर्नुभएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले आर्थिक बर्ष ०७९।०८० को बार्षिक कार्ययोजनाको कार्यान्वयन उपर जानकारी गराउँदै आगामी आर्थिक बर्ष ०८०।०८१ को प्रस्तावित व्यबसायिक योजना तथा बजेट प्रस्तुत गर्नुभएको थियो । सदस्यहरूको सहभागितामा उहाँहरूको सुझाव अनुसार व्यवसायिक योजना बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले जिज्ञासा सहित रचनात्मक सल्लाह सुझाव दिनुभएको प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रलीले जानकारी दिनुभयो ।


कार्यक्रममा उठेको जिज्ञासा उपर संस्थाका निवर्तमान अध्यक्ष रामहरि केसीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष कैलाश केसीले कार्यक्रम माथि प्रकाश पार्दै उक्त कार्यक्रम समापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि