१६ बैशाख २०८१, आइतबार / Sun Apr 28, 2024

सबैभन्दा बढी आयकर दाखिला गरे बापत जनसचेतन साकोस सम्मानित


दोलखा । दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका वडा नं. ५ मा केन्द्रीय कार्यालय रहेको जनसचेत बचत तथा ऋण सहकारी संस्था नेपाल सरकारलाई सबैभन्दा बढी आन्तरिक राजस्व (आयकर दाखिला) गरेबापत सम्मानित भएको छ ।

बिहीबार आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गतको करदाता सेवा कार्यालय चरिकोटले १२ औँ राष्ट्रिय कर दिवस २०८०को कर सप्ताह कार्यक्रमको समापन गर्दै साकोसलाई सम्मान गरेको हो ।

साकोसले आर्थिक वर्ष २०७८÷०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ । करदाता सेवा कार्यालय चरिकोटले मंसिर १ गतेदेखि सुरु गरेको कर सप्ताहको बिहीबार मैनापोखरी कर सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरी जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो ।

सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गरेकी थिइन । उद्योग वाणिज्य संघ मैनापोखरीको समन्वय आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कर सम्बन्धी विभिन्न विषयमा उठेका जिज्ञासालाई कर अधिकृत गौतमले सहजीकरण गरेकी थिइन् । स्वच्छ पारदर्शी र प्रविधिमैत्री सामाजिक न्याय आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ देशभर मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह आयोजना गरिएको उनले बताइन् ।

यस चालु वर्षको कात्तिक मसान्तसम्म करदाता सेवा कार्यालय दोलखाबाट ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको कर अधिकृत गौतमले बताइन् ।

यस आवको कात्तिक मसान्तसम्म बैंक भौचरबाट ४ करोड ९५ लाख ५७ हजार दाखिला भएको तथा ई पेमेन्टबाट ३ करोड ५९ लाख २१ हजार ३ सय ९२ रुपैयाँ दाखिला भएकाले कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व सङ्कलन भएको बताइन् ।

करदाता सेवा कार्यालयले आयकर, पारिश्रमिक आयकर, पुँजीगत लाभ कर व्यक्तिगत, आयकर सरकारी प्रतिष्ठान, आयकर पब्लिक, आयकर प्रा ली, सामाजिक सुरक्षा कर, बहाल कर, मूल्य अभिवृद्धि कर, ब्याज कर लगायतका राजस्व शीर्षकबाट उक्त राजस्व सङ्कलन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि