२४ बैशाख २०८१, सोमबार / Mon May 6, 2024

मिलिजुली कालिञ्चोक साकोसको ३० औं साधारण सभा, कूल वासलात १ अर्ब २६ करोड


दोलखा । दोलखा जिल्लाको चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले इकाइगत रुपमा साधारण सभा सम्पन्न गरेको छ । संस्थाले काठमाण्डौमा आयोजना गरेको एकाइ साधारण सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेत रहेका थिए । संस्थाले सदस्यहरुको सहजताको लागि विभिन्न सेवा केन्द्र मार्फत ३० औं बार्षिक साधारण सभा सम्पन्न गरी पौष १४ गते निर्णय प्रमाणिकरण सभा गर्ने भएको छ ।

संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै ‘विधि सहित खुशी सदस्य’ भन्ने मुल नाराका साथ प्रविधि सहितको सेवा सदस्यहरुलाई प्रदान गर्दै आएको बताए । संस्थाले सदस्यहरुलाई बचत गर्दाको फाइदा र भविष्यमा बचतले पुर्याउने सहयोगका बारेमा पनि वित्तीय साक्षरता प्रदान गरी बचत गर्ने भावना विकास गर्ने गरेको उनले सभामा बताए । संस्थाले अन्य वित्तीय संस्थाको पहुँच नभएको क्षेत्रमा समेत सेवा केन्द्र स्थापना गरी वित्तीय सेवा प्रदान गर्दै आइरहेको सभामा जानकारी दिए । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै संस्थाले समुदाय र सदस्यको हितको लागि काम गर्ने गरेको र सदस्यहरुको समृद्धिमा संस्था सहयोगी बनेको उनको भनाई छ। संस्थाले सदस्यहरुलाई ऋणी मात्र नबनाई धनी बनाउने उदेश्य लिएको र संस्थाबाट ऋण लिएर उदेश्य अनुसार परिचालन गरी धनी बन्न समेत उनले आग्रह गरे ।

संस्थाले सदस्यहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उदेश्यले वित्तीय साक्षरता तथा ऋण व्यवस्थापन जस्ता तालिमहरु समय समयमा सञ्चालन गर्दै आएको अध्यक्ष श्रेष्ठले सभामा जानकारी दिए । सभामा सचिव ठाकुरप्रसाद पाठकले आर्थिक बर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत आ.व. मा नेतृत्व पूर्व तालिम, चार वर्षीय रणनीतिक योजना, डिजिटल वित्तीय सेवा, जेष्ठ शेयर सदस्य भत्ता, सुत्केरी सहयोग कार्यक्रम, पुस्ताकलय व्यवस्थापन, सदस्यको उत्पादननको बजारीकरण जस्ता थुप्रै कार्यक्रम सञ्चालन गरेको उनले बताए । संस्थाले यस आर्थिक बर्षमा सदस्यको हित अनुकुल हुनेगरी सदस्यको जोखिम न्युनिकरण गर्नको लागि ऋणको बीमा कार्यक्रमलाई निरन्तरता दिने, ऋण भुक्तानी तालिका अनुसार ऋण बुझाउँदै जाने असल ऋणी सदस्यहरुलाई एक बर्षको लागि असल ऋणी कार्ड दिने र उक्त कार्ड हुुने सदस्यहरुलाई पुन ऋण कारोबार गर्दा लाग्ने व्यवस्थापन शुल्कमा १० प्रतिशत छुट दिने तथा सदस्यको क्षमता वृद्धिको कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ ।

सदस्यहरुलाई प्रविधिमैत्री बनाउनको लागि शिक्षा तथा तालिम दिने, महिला नेतृत्व विकासका लागि तालिमको आयोजना गर्ने , वित्तीय साक्षरता वृद्धि तथा उत्पादित वस्तुको बजारीकरणमा सहयमेग गर्ने र ऋृण लगानी सदुपयोगितालाई अनुगमन गर्ने जस्ता कार्यक्रम गरिने उनले बताए। निम्न आयस्तर भएका सदस्यका छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्ने, सहकारी एकीकरणलाई निरन्तरता दिने र सदस्यहरुलाई थप प्रभावकारी सेवा प्रदान गर्न नयाँ प्रविधि संस्थामा भित्र्याउने उनको भनाई छ । संस्थाका कोषाध्यक्ष मनोज कुमार श्रेष्ठले आर्थिक बर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म शेयर पुँजी ७ करोड ८२ लाख ५२ हजार, बचत संकलन ९१ करोड ३ लाख र ऋण लगानी ९८ करोड २९ लाख ८५ हजार रहेको बताए ।

संस्थाको त्यस अवधिमा विधिन्न बैंक तथा वित्तीय संस्थामा गरी १६ करोड ३९ लाख ६१ हजार तरलता रहेको प्रतिवेदन उनले सभामा प्रस्तुत गरेका थिए । संस्थाको कोषहरुमा १२ करोड ६१ लाख ५५ हजार, स्थिर सम्पत्ति १० करोड ९७ लाख र बाह्य ऋण ११ करोड ३३ लाख रहेको छ । संस्थाको कुल वासलात १ अर्ब २६ करोड १० लाख पुगेको छ । संस्थामा २५ हजार ६५ जना सदस्य र ९ हजार २६९ जना बाल सदस्य गरी ३४ हजार ३३४ जना सदस्य पुगेका छन् । संस्थाले ५ करोड ४४ लाख लागतमा आफ्नै सुविधासम्पन्न भवन समेत निर्माण गरेको छ । संस्थाले शेयर सदस्य बनेको १० बर्ष पुगेको ७० बर्ष माथिका जेष्ठ सदस्यहरुलाई बार्षिक २ हजार ४ सय भत्ता प्रदान गर्दै आएको छ । सभाले नयाँ सञ्चालक समिति समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि