१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

बुडोल सामुदायिक साकोसको आयोजनामा मैत्रीपूर्ण अन्तरसहकारी फुटसल कार्यक्रम सम्पन्न


काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहरकारी संस्थाले आफ्नो रजत महोत्सवको सन्दर्भमा सहकारी संघ÷संस्थाका सञ्चालकहरुको मैत्रीपूर्ण अन्तर सहकारी फुटसल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा आयोजक संस्था बुडोल सामुदायिक साकोस सहित सामुदायिक साकोस, मनकामना साकोस, आर्थिक विकास साकोस, ज्योति मिर्मिरे साकोस, एक्सप्रेस साकोस गरी ६ वटा संस्थाका सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा एक्सप्रेस साकोस विजेता र सामुदायिक साकोस उपविजेता भएको थियो । बिजेता र उपबिजेता टोलीलाई जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले ट्रफी हस्तान्तरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष कैलाश के.सी.ले सम्पूर्ण सहभागी संस्थाहरुलाई सहभागिता प्रमाणपत्र र सहभागीहरुलाई मायाको चिनो वितरण गर्नुभएको थियो ।
आयोजक संस्थाको तर्फबाट अध्यक्ष कैलाश के.सी.ले कार्यक्रममाथि प्रकाश पार्दै यस्तो खालको कार्यक्रम जिल्लाको सहकारी अभियानको लागि नयाँ भएको तर अभियानमा यस्ता कार्यक्रमहरुको माध्यमबाट सहकारी–सहकारीबिचको सम्बन्धको बिस्तार हुने साथै अभियानमा ऐक्यबद्धता कायम रहने बताउँदै अहिले सहकारी क्षेत्रको लागि देखा परेका चुनौतीहरुको ऐक्यबद्ध भई एकरुपताका साथ सामना गर्नुपर्ने उल्लेख गर्नुभएको थियो । साथै उहाँले सहभागी सबै संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि