१३ बैशाख २०८१, बिहिबार / Thu Apr 25, 2024

जनसचेतन साकोसको ‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रम सुभारम्भ


दोलखा । जनसचेतन बचत तथा ऋण सहकारी सहकारी दोलखाले ‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रम सम्पन्न गरेको छ ।
दोलखा जिल्लाको कालिन्चोक गाउँपालिकाबाट सो कार्यक्रम सुरु गरिएको संस्थाले बताएको छ । कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै शिवाकोटीले देशकै नमुना सहकारी संस्था जनसचेतनसँग सहकार्य गरेर काम गर्न पालिका तयार रहेको बताए । शिवाकोटीले कृषि, पशुुपालनसहितका नागरिकको जीविकोपार्जनका लागि कालिन्चोक गाउँपालिका सहकारीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो । शिवाकोटीले सहकारीको भाखा नाघेको ऋण उठानका लागि समेत पालिकाले पहल गरि दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
गाउँपालिकासँग सहकार्य गरेर शेयर सदस्यहरुको जीविकोपार्जनका लागि स्थानीय सरकारसंग समन्वय गरी काम गर्ने उद्धेश्यले सहकारी सहकारीले जनप्रतिनिधिसँग जनसचेतन कार्यक्रमलाई सुरु गरेको हो । यो कार्यक्रम पहिलो पटक कालिन्चोक गाउँपालिकामा गरिएको र जिल्लाका अन्य ९ वटा पालिका क्रमशः गर्दै लगिने जानकारी दिएको छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले सहकारी कार्यक्रममा संस्था र गाउँपालिकाले समन्वय गरेर गर्न सक्ने कार्यक्रम, संस्थाको अवस्था, सहकारी संस्थाहरुले गरिरहेको गतिविधि, गाउँपालिको भूूमिका र अपेक्षाका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कालिञ्चोक गाउँपालिकाको कार्यालयमा भएको गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत नवराज वली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनसचेतन सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहाल, जनसम्पर्क अधिकृत राजन दहाल, लेखा तथा प्रशासन अधिकृत नविन्द्र रिमाल, जनसचेतन सुन्द्रावती सेवाकेन्द्र प्रमुख गणेश थामी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि