१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

सहकारी ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्ने बागमति प्रदेश सरकारको चेतावनी


काठमाडौं । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण चुक्ता गर्न आह्वान गरेको छ ।

शुक्रबार मन्त्रालयले एक सूचना प्रकाशित गर्दै ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा व्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको भन्दै सहकारीबाट लिएको ऋण तिर्न आह्वान गरेको हो ।

सम्झौता वा सर्त बमोजिम लिएको ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान नगरे सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने मन्त्रालयले जनाएको छ ।

सहकारी संस्थाहरुबाट ऋण लिएका ऋणीहरुले तोकिएको समयभित्र ऋणको साँवा तथा ब्याज चुक्ता नगर्दा सदस्यहरुको बचत फिर्ता गर्न नसकेको देखिएको सूचनामा उल्लेख गरिएको छ । यस्तोमा ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋणी सदस्यहरुको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्था ऐनमा रहेको छ ।

सोही अनुसार सहकारीको ऋण नतिर्ने ऋणीलाई प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गर्ने मन्त्रालयले आहवान गरेको छ ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि