१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

बुडोल सामुदायिक साकोसको आयोजनामा वित्तीय साक्षरता शिविर सम्पन्न


काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनि विकको सन्दर्भमा वित्तीय साक्षरता शिविर सम्पन्न गरेको छ ।

‘आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं’ भन्ने नाराका साथ मार्च १८ देखि २४ तारिखसम्म विश्वव्यापी रुपमा ग्लोबल मनि विक मनाइदै छ । यसै सन्दर्भमा बुडोल सामुदायिक साकोसले पनि साताव्यापी वित्तीय शिक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने संस्थाले जानकारी दिएको छ ।

बनेपा नगरपालिका वडा नं. ५ स्थित श्री गंगादेवी आधारभूत विद्यालयमा वित्तीय साक्षरता शिविर सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख आतिथ्यता उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव थापाले गर्नुभएको थियो । ७३ जना सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्था वरिष्ठ कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले सहजीकरण गर्नुभएको थियो ।

शिविरको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सहकारीको विद्यमान परिस्थिति तथा बुडोल सामुदायिक साकोसको सेवा सुविधाहरुको विषयमा जिज्ञासा राख्नुको साथै सो भेगमा अधिकांश सदस्यहरु कृषि पेशामा आवद्ध रहेकोले कृषि क्षेत्रको लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव प्रदान गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि