२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

टिकटकमा भिडियो बनाउँदा गयो ज्यान


पछिल्लो समय सामाजिक संजालटिकटक निकै लोकप्रिय भईरहेको छ । टिकटकमा रमाउनेहरुको संख्या बढिरहेको छ ।
टिकटकको लत बढेसँगै यसले पार्ने असरहरुका बारेमा भने सोचिएको छैन । टिकटकको क्रेजले पछिल्लो समय भारतमा एकजनाको ज्यान गएको छ ।
टिकट भिडियो बनाउने क्रममा भारतको हैदरवादमा एकजनाको मृत्यु भएको हो । टिकटक भिडियो बनाउने क्रममा तालमा खसेर मृत्यु भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।


हैदरादको मेदचाल जिल्लास्थित डुलापाल्ली तालमा उक्त घटना भएको हो ।
नरसिंह नाम गरेका ती युवक टिकटकमा भिडियो रेकर्ड गर्ने क्रममा तालमा खसेको थिए । उनले तालको छेउँमा उभिएर अभिनय गरेका, र उनका साथीले भिडियो खिचिरहेका जनाइएको छ । त्यसक्रममा उनी चिप्लिएर तालको गहिराइमा खसेको बताइएको छ ।
उनी पौडी खेल्न नजान्ने भएको हुँदा बाहिर निस्किन नसकेको र उनको मृत्यु भएको समाचारमा उल्लेख छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि