१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

नेपालको सबैभन्दा ठूलो महामारी ‘प्लेग’


प्लेगकै कारण वि.सं. १७७९ काठमाडौंका राजा भास्कर मल्लको मृत्यु

नेपालमा आएको सबैभन्दा ठूलो महामारी ‘प्लेग’ हो । त्यसबारे धेरै विवरण पनि पाइन्छन् ।
नेपालमा विसं १७७२ चैतदेखि विसं १७७९ भाद्रसम्म प्लेग आएको थियो ।
त्यस समयमा काठमाडौंका राजा भास्कर मल्लको पनि ज्यान गयो । उनलाई अहिले भनिएको जस्तै क्वारेन्टिनमा राखिएको थियो ।
केही महिनापछि उनि त्यहाँबाट भागेर सहरतर्फ आउँदा रोगले च्यापेको विभिन्न विवरणहरुमा उल्लेख गरेको पाइन्छ ।
उनको प्लेगकै कारण वि.सं. १७७९ मा प्राण गयो ।

त्यस समयमा चौतारा अर्थात प्रधानमन्त्री झगल ठकुर नै काठमाडौंका “डिफ्याक्टो” (वास्तविक) शासक थिए ।
उनले राख्न लगाएको विवरण अनुसार त्यो साढे ६ वर्षको महामारीमा १८,७१४ जनाको मृत्यु भएको देखिन्छ ।
त्यसबेला कति जनसङ्ख्या थियो भन्ने भन्न त गाह्रो छ । तर परम्परागत रूपमा काठमाडौंमा २४,००० घर छन् भन्ने चलन थियो । त्यो आँकडा सुरुमा बस्ती बसाउँदा होला पछि पक्कै बढेको हुनुपर्छ ।
त्यसको निकै पछि वि.सं. १८९६ मा भीमसेन थापाको पालामा काठमाडौंमा जनसङ्ख्या ३७,००० रहेछ ।
एक सय वर्षपछि ३७,००० रहेको काठमाडौंमा १८,००० भन्दा बढीको ज्यान जानु भनेको धेरै नै भयो ।

त्यो बेला प्रमुख कुमारी पनि बितेको र अन्य दुईजना अतिरिक्त कुमारी पनि मरेको विवरण पाइन्छ । त्यस बेला चार÷पाँच टोलमा कुमारी राख्ने चलन थियो ।
(बिबिसीबाट आंशिक साभार गरी सम्पादन गरिएको)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि