१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

बाँके राष्ट्रिय निकुञ्जको थुनाबाट भाग्यो ‘नरभक्षी बाघ’


बाँके । बर्दियाबाट बाँके ल्याएर राखेको बाघ खोरबाटै भागेपछि निकुञ्जले जङ्गलभित्र नजान स्थानीय बासिन्दालाई आग्रह गरेको छ ।
निकुञ्जका सूचना अधिकृत महेश न्यौपानेले मङ्गलवार बिहान छ बजे बाघ भागेको जानकारी आएको बताए ।

बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी निकुञ्जको टाइगर होल्डीङ सेन्टरमा राखिएको थियो ।

आफूहरू बाघलाई राखिएको खैरीस्थित टाइगर होल्डीङ सेन्टरको अनुगमन गर्न जाँदा दुई वटा फलामको डन्डी भाँचेर भागेको पाइएको बताए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि