२० बैशाख २०८१, बिहिबार / Thu May 2, 2024

राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने पक्राउ, राउटे युवतीको ज्यान भने राउटेबाटै जोखिममा


सुर्खेतं । दुई जना राउटे युवतीलाई मदिरा पिलाएर होटलमा यौनजन्य भिडियो बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
अभियुक्तलाई त प्रहरीले पक्राउ गर्यो तर राउटे युवतीको ज्यान उनकै समुदायको कठोर नियमका कारण जोखिममा परेको छ ।
राउटे समुदायमा परपुरुष वा परस्त्रीसँग सम्बन्ध राख्दा ज्यानै लिने गरेका घटना यसअघि हुने गरेका थिए । स्वयं भिडियो बनाइएका दुई युवतीलाई यसअघि मुखियाले नजरबन्द गरेका थिए ।
अहिले राउटे समुदायमा विवाह गर्न उमेर पुगेका दुई युवती मात्रै छन् । सम्झना १९ वर्षकी भइन् भने गाजली २३ वर्षकी । यी दुवैको पनि सानैमा विवाह भइसक्थ्यो तर उनीहरुलाई विवाह गर्नेहरु उनीहरुको जातमा कोही पनि छैनन् । भएकाहरु पनि सानै छन् ।
राउटे समुदायमा लामो समय काम गरेका सोसेक अध्यक्ष हिरासिंह थापाका अनुसार एकै जातीमा विवाह गर्न नहुने तर अर्को जातीमा विवाह गर्न केटा नै नभएपछि यी दुवै युवती अविवाहित छन् । यहि मौकाको फाइदा उठाउन बाहिरी हुल्याहाहरु लागेका थिए ।
यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा बस्दै आएका छन् ।
अहिले घटनास्थलमै रहेका थापाका अनुसार ती युवतीको पछि दुई स्थानीय युवा लागिरहेका थिए ।
प्रहरीले ती राउटे युवतीलाई मदिरा सेवन गरेर यौनजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि तीन जनालाई पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि