२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

नेफ्स्कुनसँगको अपेक्षा : ‘विश्वसनिय प्रविधि चाहियो’


इश्वर न्यौपाने
प्रमुख कार्यकारी अधिकृत, मिलिजुली कालिञ्चोक साकोस, दोलखा

ग्रामिण भेग देखी शहरी यरीयामा सञ्चालीत साकोसहरुलाई प्रविधि उन्मुख सेवा दिनुपर्दछ भनी सिकाउने कार्यलाई थप प्रभावकारीता सहित निरन्तरता दिनुनै आगामी दिनमा नेफ्स्कुनको प्रमुख भुमिका हुनेछ

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) नेपालमा सञ्चालीत बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ हो । हालसम्म नेफ्स्कूने आफ्ना सदस्य संस्थाहरु सँग बचत तथा ऋणको कारोवारको साथै संस्था, संस्थाको मानव संशाधनको क्षमता अभिबृद्धि, साकोसमा प्रविधिको प्रयोग गर्नुपर्दछ भन्ने उत्प्रेरणा प्रवाह, गुणस्तरीयता सुचिश्चितता कार्यक्रम (एक्सेस, प्रोवेसन, कर्भस्, सियुलेग), पल्र्स अनुगमन प्रणालीको पुणर् प्रयोग आदी कार्यमा अतिनै महत्वपुणर् भूमिका खेल्दै साच्चैको अविभावक बनेकोमा हृदयदेखी खुसि ब्यक्त गर्न चाहान्छु ।
नेपालको साकोस अभियानले ग्रामिण भेगको कुना कुनामा बचत गर्न सिकाएको छ र बचत गर्ने बानीको विकास गराईरहेको छ । यसको श्रेय नेफ्स्कुनलाई नै जान्छ । पूँजी संकलनको हिसावले समेत राज्यलाई साकोस अभियानले सहयोग गरेको छ । यसरी ग्रामिण भेग देखी शहरी यरीयामा सञ्चालीत साकोसहरुलाई प्रविधि उन्मुख सेवादिनुपर्दछ भनी सिकाउने कार्यलाई थप प्रभावकारीता सहित निरन्तरता दिनुनै आगामी दिनमा नेफ्स्कुनको प्रमुख भुमिका हुनेछ भन्ने लाग्दछ । बिश्वको बित्तीय क्षेत्र क्यासलेस र पेपरलेस हुदै छ । हाम्रो देशको साकोसहरु पनि त्यसको लागि पुर्व तयारीका साथ अगाडि बढ्नु पर्ने देखिन्छ ।
यसको लागि नेफ्स्कूनले नेतृत्वदायि भूमिका खेल्नु पर्दछ । साकोस भनेको वित्तीय कारोवार हुने क्षेत्र हो । यस क्षेत्रलाई बिभिन्न तर्कहरुको बिज्ञ भन्दा पनि पल्र्स अनुगमन प्रणालीको फ्रेमवर्कमा संस्था चलाउने सक्ने बिज्ञ मानव संशाधनको आवश्यकता पर्दछ । यस बिषयलाई नेफ्स्कूनले आगामी दिनमा सदस्य संस्थाहरुलाई पूणर् रुपमा सिकाउनु पर्दछ । नेफ्स्कूनका सदस्य संस्थाहरुको नेतृत्व प्रभावकारी बनाउनको लागि नेतृत्वमा जान ईच्छुक शेयर सदस्यहरुलाई अनिवार्य तालीमको ब्यवस्था गर्न सदस्य संस्थाहरुलाई नेफ्स्कूनले उत्प्रेरीत गर्नुपर्दछ भन्ने लागेको छ । यदि सञ्चालक समितिमा आउनु पुर्वनै तालीम दिन सकेको खण्डमा कति तयारी भएमा संस्था सञ्चालन गर्न सकिन्छ र कति क्षमता आवश्यकता पर्दछ भन्ने पुर्व ज्ञान हुन्छ ।
साकोसमा कार्यरत मानव संशाधनलाई कार्यवातावरण बनाउने जिम्मा संस्थाको सञ्चालक समितिको हुन्छ । जुन संस्थामा उत्प्रेरीत मानव संशाधन छन् त्यस संस्थाका शेयर सदस्यहरुले मुस्कान र प्रविधि सहितको सेवा पाउँने बिषयमा दुविधा हुदैन । त्यसैले नेतृत्वपुर्वको तालीमलाई नेफ्स्कूनमा आवद्ध साकोसहरुलाई अनिवार्य बनाउन सकेमा साकोस अभियानमा थप प्रभावकारीता आउनेछ । नेफ्स्कूनले आगामी दिनमा आफ्ना सदस्य संस्थाहरुलाई विश्वसनिय प्रविधि प्रयोग गराउन सक्नु पर्दछ ।
नेफ्स्कूनको नेतृत्वमा सदस्य संस्थाहरु बिच प्राविधिक नेटवर्कि भएमा साकोस अभियानलाई थप सहज हुने हुनाले यस बिषयमा यथासिघ्र कार्य अगाडि बढाउदा साकोस अभियानलाई फाईदा पुग्दछ भन्ने लागेको छ ।
साकोसहरुको लागि आवश्यक पर्ने र सहकारी ऐनमा ब्यवस्था भएको कर्जा सुचना केन्द्रको स्थापना गरीदिन यथासिघ्र पहल गर्नु, स्थिरिकरण कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु गराउनु, साकोस अभियानमा हिलो छयाप्ने कार्य बन्द गराई स्वाच्छ प्रतिस्पर्धाको वातावरण सृजना गर्नु गराउनु, साकोस अभियानमा आवश्यक मानव संशाधन स्टकको ब्यवस्था गर्नु, सहकारी ऐनमा भएको अधिकार प्रयोग गर्दै र अधिकार नपुग भएमा ऐन संशोधन वा साकोस ऐनको माग गरी सदस्य संस्थाहरुलाई प्रभावकारी नियमन गर्नु, नेफ्स्कुन साकोस म्यानेजर्स क्लव मार्फत् ज्ञान भण्डार ब्यवस्थापन र रुपान्तरणमा सहयोग गर्नु, कार्यरत मानव संशाधनमा प्रभाव अनुसन्धान गर्नु, राज्य द्धारा जारी हुने दस्तावेजहरुमा बहस पैरवि र परामर्सलाई थप प्रभावकारी बनाउनु, साकोस क्षेत्रमा प्रभावकारी तथा सुविधायुक्त सदस्यसेवा सम्बन्धि अनुसन्धान र विकासलाई प्राथमिकता दिनु आदी कार्यहरुमा नेफ्स्कूनको प्रमुख भूमिका हुनुपर्दछ भन्ने लागेको छ र भूमिका खेल्ने कुरामा दुईमत छैन ।

(यो सामाग्री अर्थबजार अनलाइन पत्रिकामा पनि प्रकाशित भएको छ ।)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि