२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

‘नेपाल रेडक्रस सोसाइटीको स्थापना, लक्ष्य, कार्यक्रम र सिद्धान्तहरु’


विश्वमा रेडक्रस अभियान प्रारम्भ भएको एक सय वर्षपछि वि.सं. २०२० साल भदौ १९ गते (सन् १९६३ सेप्टेम्बर ४) का दिन नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो । २०२० साल माघ २४ गते नेपालको तत्कालिन सरकारले जेनेभा महासन्धिहरुमा सम्मेलन भएपश्चात २०२१ साल असोजमा नेपाल रेडक्रस सोसाइटीलाई आइ.सी.आर.सी तथा फेडेरेशनले क्रमशः मान्यता र सदस्यता प्रदान गरे ।
रेडक्रस अभियानको एक अंगको रुपमा नेपाल रेडक्रस सोसाइटीले देहाय बमोजिम दूरगामी लक्ष्य र उद्देश्यअनुसार मानवीय सेवा तथा विकासका गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

दूरगामी लक्ष्य

संस्थाको संगठनात्मक ढाँचाको सुदृढिकरण तथा विस्तारद्धारा सरकारी एवं गैरसरकारी संगठनहरुसँग सम्पर्क स्थापनाका साथै सामुदायिक सहभागिता र स्वयंसेवकहरुको अधिकतम परिचालन गरी मानवीय पीडमा राहत प्रदान गर्ने र संकटाभिमुता कम गर्ने नेपाल रेडक्रस सोसाइटीको दूरगामी लक्ष्य हो ।

नेपाल रेडक्रस सेवा कार्यक्रमहरु :

प्रारम्भमा तीब्बती शरणार्थीहरुका लागि राहात कार्यबाट आफ्नो सेवा सुरु गरेको नेपाल रेडक्रस सोसाइटीले देहायबमोजिम चार वटा मुख्य गतिविधिहरु सञ्चालन गरिएको छ । ती हुन् :

क) जीवन रक्षा गर्ने, जिविकाको संरक्षण गर्ने, विपद र संकटबाट पुर्नलाभ गर्न समुदायको क्षमता बढाउने रणनैतिक लक्ष्यसहित यस संस्था विपद व्यवस्थापन, पूर्व तयारी, जोखिम न्युनिकरण, राहत, उद्धार, पुर्ननिर्माण तथा पुर्नलाभको क्षेत्रमा कार्यरत छ । विपद् पिडितहरुको ट्रेसिङ सेवा (खोजतलास तथा पारिवारिक पुर्नस्थापना र पुनर्मिलन), द्घन्द्घ प्रभावित परिवारहरुको लागि सहयोग, रेडक्रस सन्देश आदानप्रदान जस्ता गतिविधि पनि यसमा पर्न आउँछन् ।

ख) सुरक्षित, उत्थानशिल र स्वस्थ समुदायको प्रवद्र्धन क्षेत्रमा पनि नेपाल रेडक्रस सोसाइटी निरन्तर कार्यरत छ । आपत्कालिन समयमा घाइते वा बिरामीको सेवाका लागि रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा र प्राथामिक उपचार सेवा, मनोसामाजिक सहयोग, आपत्कालीन अस्पताल र शिविरहरु, एचआइभी एड्स सचेतना र सहयोग कार्यक्रमहरु, सामुदायिक विकास खानेपानी, सरसफाईजस्ता स्वास्थ्य प्रवद्र्धन गतिविधिहरुमार्फत महामारी रोकथाम र नसर्ने रोगको सचेतनाका क्षेत्रमा यो संस्था प्रयत्नशील छ ।

ग) रेडक्रस ज्ञान र अन्र्तराष्ट्रिय मानवीय कानुनको प्रचारप्रसार, रेडक्रस प्रतिक चिह्नको सम्मान अभिवृद्धि सुरक्षित पहुँच र मानवीय मुल्यको प्रवद्र्धनका लागि आन्तरिक र बाह्य सञ्चार नेपाल रेडक्रसको अर्को महत्वपूणर् गतिविधि हो । यी गतिविधिहरुले सामाजिक समावेशीकरण, संरक्षण, अहिंसा र शान्तिको संस्कृतिलाई प्रवद्र्धन गर्ने क्षेत्रमा महत्वपूणर् भूमिका खेल्दछ ।

घ) कार्यकारी र व्यवस्थापकीय क्षमता सुदृढिकरण गर्दै समुदायको संकटासन्नता न्युनिकरण गर्नका लागि संगठनका सबै तहमा कार्य सम्पादन स्तर वृद्धि गर्न आवश्यक पर्ने गतिविधिहरु जस्तै ः महिला सहभागिता वृद्धि जुनियर युवा तथा स्वयंसेवक परिचालन, जनशक्ति विकास, स्वयं सेवक परिचालन, जनशक्ति विकास, स्वयं सेवक व्यवस्थापनजस्ता नेपाल रेडक्रस समुदायका लागि महत्वपूणर् छन् ।

रेडक्रसका आधारभुत सिद्धान्तहरु

अन्र्तराष्ट्रिय अभियानका सात वटा आधारभुत सिद्धान्तहरु छन् । रेडक्रस गतिविधि तथा काम गर्ने तौरतरिकाहरु यीनै सिद्धान्तहरुबाट निर्देशित हुन्छन् । सन १९६५ अक्टोबरमा भियनामा रेडक्रसको बिसौँ अन्र्तराष्ट्रिय सम्मेलनद्धारा निम्नलिखित सातवटा सिद्धान्तहरु पारित भएका छन् ।

१) मानवता
सकेसम्म आपत्तिलाई हटाउनु वा कम गर्नु,
जीवन र स्वास्थ्यको सुरक्षा गर्नु,
मानवीय सम्मानलाई सुनिश्चित गर्नु,
समझदारी, मित्रता, सहयोग र चिरस्थायी शान्ति अभिवृद्धि गर्नु ।

२) निष्पक्षता
कुनै पनि आधारमा कसैप्रति पनि भेदभाव नगर्नु,
आवश्यकताको आधारमा सहयोग गर्नु,
बढी आपत परेकालाई सबैभन्दा पहिलो सहयोग गर्नु ।

३) तटस्थता
वदविवाद । शत्रुतापूणर् व्यवहारमा नअल्झनु, नलाग्नु,
वदविवाद, शत्रुतापूणर् व्यवहारको कारणसँग मतलब नराख्नु,
राजनैतिक, जातीय, धार्मिक अथवा वैचारिक खालका विवादमा कसैको पक्ष नलिनु ।

४) स्वाधीनता
रेडक्रसले आफ्नो विधान, नियम, विनियम र कार्यनीति आफैँ बनाउनु,
देशको ऐन कानुनको पालना गर्नु,
मानवीय कार्यमा सबैसँग सहयोग र सहकार्य गर्नु ।

५) स्वयं सेवा
राजीखुशीले काम गर्नु,
काम गरेबापत लाभको आशा नगर्नु,
स्वेच्छाले निश्चित जिम्मेवारी वहन गर्नु ।

६) एकता
एक राष्ट्रमा एउटै मात्र राष्ट्रिय सोसाइटी हुनु,
एउटै आदर्श, सिद्धान्त र विचार राख्नु र काम गर्ने तरिका एउटै हुनु,
रेडक्रस सबैका लागि,
संस्थाको आफ्नो क्षेत्रमा मानवीय सेवाका कामहरु गर्नु ।

७) विश्व्यापकता
रेडक्रस विश्वव्यापी हुनु,
रेडक्रसमा सबैको सम्मान बराबर हुनु,
एकअर्कालाई मद्दत गर्नु सबैको समान कर्तव्य हुनु ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि