१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका एजेण्डा र केही सुझावहरु


जगन्नाथ गिरी

धुलिखेल । धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको एक्काइसौं साधारण सभा असोज २० गतेदेखि २५ गतेसम्म हुँदैछ ।
धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको विधान २०५७ (प्रथम संशोधन २०६९) को दफा ४ बमोजिम २०७८ भदौ ३० को कार्यसमितिको निणर्यानुसार एक्काइसौं साधारण सभा गर्न लागिएको समितिले जनाएको छ ।

यस्तो छ साधारण सभाको कार्यतालिका
मिति : २०७८ असोज २० गतेदेखि २५ गतेसम्म
समय : नाम दर्ता, बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म
स्थान : धुलिखेल नगरपालिका कार्यालय प्रांगण

साधारण सभाको बन्द सत्रको कार्यक्रम :
मिति : २०७८ असोज २५ गते
समय : बिहान ११ः०० बजे
स्थान : धुलिखेल नगरपालिका कार्यालय प्रांगण

कार्यक्रमका एजेण्डाहरु :
१) आ.व. २०७७/७८ को कार्यक्रम तथा बजेट अनुमोदन गर्ने ।
२) आ.व. २०७७/७८ को आयव्यय तथा लक्ष्य प्रगतिको समिक्षा गर्ने ।
३) आ.व. २०७६/७७ र २०७७/७८ को लेखापरिक्षण अनुमोदन गर्ने ।
४) आ.व. २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट स्विकृत गर्ने ।
५) निणर्य पुस्तिका प्रमाणिकरण सम्बन्धमा ।
६) तेश्रो विधान संशोधन सम्बन्धमा ।
७) निर्वाचन सम्बन्धमा ।
८) लेखा समिति चयन सम्बन्धमा ।
९) कोष स्थापना सम्बन्धमा ।
१०) स्थायी दरबन्दी सम्बन्धमा ।

केही सुझावहरु :
क) ज्ञान, सिप, प्रविधि, नीतिनियम, ठोस कार्यक्रम र दक्ष जनशक्तिका अभावले पनि खानेपानीको समुचित व्यवस्थापनमा समस्या देखिएको हुँदा क्रमशः सुधार गर्दै जान स्मरणार्थ अनुरोध गरिन्छ ।
ख) पानी : रङ्गहीन, गन्धहीन, स्वादहीन जन्मदेखि मृत्युपर्यन्त नभई नहुने पानीमा राजनीति किन ? केका लागि ?

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि