१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

कोरोनासम्बन्धी समुदायको बुझाई, अपनाउनुपर्ने ‘सचेतना र सतर्कता’


जगन्नाथ गिरी

कोरोनासम्बन्धी समुदायको बुझाई यस्तो पाईयो :

प्रस्तुत विषयमा कोरोनाले घर, परिवार एवं समाजलाई भयभित र त्रसित बनाएको छ । जनताको आशा, अपेक्षालाई सरकारले सम्बोधन गर्न नसक्दा मर्माहित भएको पाइयो ।
संघीय सरकार एवं स्थानीय सरकारको समन्वय छैन । असंवेदनशील र हचुवाशैलीमा कामहरु नगर्न, नगराउन सरकारलाई खबरदारी गर्दैछौँ ।
आर्थिक सामाजिक जीवन सहज बनाउन लकडाउन (बन्दाबन्दी) खुलाएपछि जनजीवनलाई सुचारु बनाउन आवश्यक भए पनि सोपछि व्यवस्थित स्वास्थ्य सजगता एवं सुरक्षाका उपाय अबलम्बन गरेर मात्र नागरिक जीवनलाई सुरक्षित बनाउन सकिन्छ भन्ने कुरामा समुदायको बुझाइ पाइयो ।

मैले समुदायमा सिकाएका कुराहरु :

कोरोनाको विरुद्ध सचेतना र सतर्कता निम्नलिखित अवगत गराइयो ।
१. आफ्नो अनुहारमा हात लगाउन बन्द गरौं ।
२. ढोकाको ह्यान्डिल, ताला सकेसम्म कम छोऔं ।
३. एक अर्कामा संवाद गर्दा मास्क प्रयोग गरौं ।
४. रुमालको सट्टा टिस्यु पेपर प्रयोग गरौं ।र
५. आपसी भीडभाड देखि टाढै रहौं ।
६. मोबाइल (रिमोट) एवं किबोर्डलाई स्यानिटाइजर गरौं ।
७. प्रयोग गरेको मास्क एवं टिस्यु पेपर जथाभावी नफ्याकौँ ।
८. महिलामाथि हुने सबै प्रकारका हिंसाका बारेमा उजुरी गर्ने ठाउँ ।
९. कोभिड-१९ रोगको मुख्य मुख्य लक्षणहरु ।
१०. समय समयमा साबुन पानीले मिचिमिचि हात धुने ।
११. मास्कको प्रयोग गरौं । सुरक्षित रहौं । प्रयोग गरेका मास्कहरु व्यवस्थितसँग राख्ने ।

कोरोनासम्बन्धी बुझाइमा समुदायलाई अझ सचेत गराउन यसो गर्नुपर्छ :

क) नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखा र उपशाखाहरुद्धारा सबै गाउँबस्तीमा कोभिड-१९ प्रतिकार्य ग्रामीण आपत्कालीन आघात प्रणाली सुदृढिकरण परियोजना सक्रिय भई कार्य गर्ने गराउने वातावरण भए अति राम्रो हुन्थ्यो ।
ख) हाम्रो जस्तो गरिब मुलुकमा कोरोना संक्रमणको उपचारलाई धान्न सक्दैन, बचाउन जोड दिनुपर्छ ।
ग) अग्रपंक्तिमा काम गर्ने सुरक्षाकर्मी लगायत सबै कोरोना संक्रमितको बिमा गर्नुपर्ने ।

सुझाव र पृष्ठपोषण :
क) सर्वसाधारण जनताको मुक्ति र तीनको सम्मान गर्नु नेपाल रेडक्रसको धर्म हो । मानिसको स्वाभिमान, सम्मान, त्यसपछि गाँस, बास र कपास हो ।
ख) रेडक्रसको अन्र्तराष्ट्रिय मुल्य, मान्यता र प्रचलन अभ्यासका आधारमा नेपाल सरकारले छुट्टै रेडक्रस ऐन, नियम निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने आजको आवश्यकता हो ।

जनहितमा जारी सात (७) सन्देश :

१) को : कोलाहल र भीडभाड ठाउँबाट टाढा रहने ।
२) रो : रोकथामका लागि माक्स लगाउने ।
३) ना : नाक र मुख छोपेर मात्र हाछ्युँ र खोक्ने गर्ने ।
४) भा : भाइचारा स्वरुप हात मिलाउनु भन्दा नमस्कार गर्ने ।
५) इ : इम्युनिटि पावर कम भएका व्यक्तिको राम्रोसँग हेरविचार गर्ने ।
६) र : राम्रोसँग पकाएर मात्र खाने ।
७) स : संक्रमणको शंका लागेका तुरुन्त नजिकको स्वास्थ्य संस्था जाने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि