२० बैशाख २०८१, बिहिबार / Thu May 2, 2024

पन्जशिर उपत्यकामा भीषण लडाइँ, आफू मजबुत रहेको दुवै पक्षको दाबी (हेर्नुहोस विस्तृतमा)


एजेन्सी । तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्।
तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन् ।
पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन् ।
अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रवार युरोपेली सङ्घ र ब्रिटेनले तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने तर सञ्चारको ढोका खुल्ला राख्ने जनाएका छन् ।
तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिए अनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन् ।
तर लडाइँमा सामेल प्रतिरोधी फौज यसलाई अस्वीकार गर्छन् ।
उक्त समूहका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताए ।
हजारौँले पन्जशिरको लडाँइमा भाग लिइरहेका छन् । उनले आफू देशबाट भागेको भन्ने विवरण खण्डन गर्दै मानिसहरूलाई आश्वस्त पार्न भिडिओ पठाएको जनाएका छन् ।
पन्जशिरमा भइरहेका लडाइँमा सयौँले ज्यान गुमाएका विवरण आएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि