१ जेष्ठ २०८१, मंगलबार / Tue May 14, 2024

युवतीले काटिदिइन् सम्बन्ध टुटेको प्रेमीको लिङ्ग


मिडिया क्लब नेपाल, काठमाडौं । प्रेममा धोका पाएपछि युवायुवतीले हात काट्ने र आत्महत्या गर्ने गरेका कैयौं घटनाहरु सुनिन्छन् तर काठमाडौंको बौद्धमा अनौठो घटना घटेको छ ।

महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार प्रेम सम्बन्ध असफल हुने भएपछि १९ वर्षिया थिङ थरकी एक युवतीले आफ्नो प्रेमीको लिङ्ग नै काटिदिएकी छन् ।
घटनामा काठमाडौंको एक होटलमा काम गर्दै आएका मकवानपुर घर भएका २१ वर्षिय सुनुवार थरका युवक सख्त घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।
प्रहरीका श्रोतका अनुसार केटा क्रिश्चियन धर्ममा आस्था राख्थे भने युवती बौद्ध धर्मावलम्बी हुन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै मात्रै विछोड भएको थियो ।
युवकको घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएको र अन्तिम एक पटक भन्दै भेट्दा यो घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको जनाएको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि