१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

‘अमेरिकामा खोप लगाउन युवालाई १०० डलरदेखि बियरसम्मको अफर’


समिर गिरी । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाउन युवाहरुलाई उत्साहित पार्नका लागि नगदसहित बियरसम्मको व्यवस्था गरिएको छ । तर पनि विशेष गरि युवाहरुमा खोपलाई लिएर त्यति उत्साह नदेखिएको विभिन्न अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
अमेरिकी सरकारले आउँदो जुलाई ४ सम्म ७० प्रतिशत वयश्कलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । तर युवा पुस्तामा रहेको खोप विरोधी धारणा वा खोपप्रति रहेको वितृष्णाका कारण खोप अभियान सफल हुनेमा प्रशस्त आशंकाहरु पैदा भएका छन् ।
वेष्ट भर्जिनियामा १६ देखि ३५ वर्षका खोप लगाउने व्यक्तिलाई १०० डलरको बचत पत्र प्रदान गर्ने गरिएको छ । मेरिल्याण्डमा खोपको पूणर्मात्रा लगाउने राज्यका कर्मचारीलाई १०० डलर दिने नियम छ ।
यस्तै न्यूजर्सीमा खोप लगाउने वयश्कलाई निशुल्क बियर (पिउन योग्य कानूनी उमेर पुगेकाहरुलाई) दिने गरिएको छ । विभिन्न खेलकुद टिमहरुले खोप लगाउने आफ्ना समर्थकलाई निशुल्क टिकट उपलब्ध गराउने अफर सार्वजनिक गरेका छन् ।
टेक्सासको ह्यारिस काउन्टीले खोप लगाउनेहरुलाई दिने गिफ्ट गार्ड तथा पेयपदार्थका लागि दुई लाख ५० हजार डलरको बजेट पारित गरेको छ। जीवन रक्षा र विश्वलाई नै गाँजेको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि अन्तिम र एक मात्र विकल्प ठानिएको खोपलाई लिएर अमेरिकामा अझै पनि शंसय रहेको यी अफरहरुले प्रष्ट पारेका छन् ।
विश्वका अधिकांश गरिब देशहरुमा खोपको उपलब्धता छैन । तर अमेरिकामा खोप भएर पनि विशेष गरि युवाहरुलाई त्यसतर्फ आकर्षित गर्न समस्या भइरहेको छ ।
विभाजित राजनीतिक परिवेश र खोपलाई लिएर भइरहेका राजनीतिक टिप्पणी तथा गलत सूचनाहरुका कारण खोप अभियानले गति लिन नसकेको हो । अमेरिकामा हाल फाइजर, मोदेर्ना र जोन्सन एण्ड जोन्सनको खोप सर्वसाधारणलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि