१३ बैशाख २०८१, बिहिबार / Thu Apr 25, 2024

बागमति प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा बढ्यो, ‘कात्तिक १ गतेदेखि लागु हुने’


काठमाडौं । सरकारले उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कत्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो ।
लामो दुरीको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको हो । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयलका प्रदेश सचिव अशोककुमार साहकाअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसको दुरीलाई १८ रुपैयाँ तोकेको छ ।
त्यस्तै १० किलोमिटरसम्मको दुरीलाई २३ रुपैयाँ तोकेको छ । १५ किलोमिटरसम्मलाई २७ रुपैयाँ र २० किलोमिटसम्मको दुरीलाई ३० रुपैयाँ तोकेको छ । २० किलोमिटरभन्दा माथिदुरीलाई ३५ रुपैयाँ भाडादर कायम गरेको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निणर्यानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि