१४ बैशाख २०८१, शुक्रबार / Fri Apr 26, 2024

विनाशकारी भूकम्प कै कारण नेपालमा पहिरोको ‘उच्च जोखिम’ (हेर्नुहोस विस्तृतमा)


नेपालमा जाने ठूला पहिरोहरूको अध्ययन गर्दा चरम मौसमी गतिविधि र २०७२ सालको भूकम्पको प्रभावलाई पनि बढी ध्यान दिनु पर्ने अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
युकेको तीन प्रतिष्ठित विश्वविद्यालयहरू युनिभर्सिटि अफ इस्ट एङ्गलिया, युनिभर्सिटि अफ प्लिमथ, युनिभर्सिटि अफ एक्सटरका पाँच जना अनुसन्धानकर्ताहरूले जर्नल अफ जिओफिजिकल रिसर्चः अर्थ सर्फेसमा त्यस्तो अध्ययन प्रतिवेदन प्रकाशित गरेका हुन् ।
गत जुलाई महिनामा सो जर्नलमा प्रकाशित उक्त अध्ययनका बारेमा हालै मात्र एक विज्ञान तथा प्रविधि सम्बन्धी समाचारमूलक वेबसाइट फिस डट ओआरजीमा समाचार पनि प्रकाशित भएको छ ।
वि.सं. २०७२ अथवा सन् २०१५ को भूकम्पमा नेपालमा झण्डै ९ हजार जनाको ज्यान जानुका साथै लगभग ३५ लाख मानिसहरू घरबारविहिन हुन पुगेका थिए ।
तर उक्त नयाँ अध्ययनले देखाएअनुसार सो भूकम्पका कारण हजारौँ पहिरोहरू पनि गएका छन् जसले समुदाय र महत्वपूर्ण पूर्वाधारहरूमा पनि ठूलो क्षति पुर्याएका छन् ।
अध्ययनले पहिरो र चरम मौसमी गतिविधि तथा भूकम्पहरूबीचको सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको छ । अध्ययनका क्रममा झण्डै ३० वर्षको अवधीमा भएका मनसुनजन्य १३ हजार वटा पहिरोको अभिलेख भएको डेटाबेसको प्रयोग गरिएको बताइएको छ ।
अध्ययन अवधीमा भएका चरम गतिविधिहरूमा सन् १९९३ र २००२ को आँधीबेहरी सन् २०१५ को भूकम्प र सन् २०१७ को विनाशकारी बाढीका घटनाहरू र त्यसबेला भएका पहिरोका घटनाहरूमा उल्लेख्य परिवर्तन देखिएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि