१५ बैशाख २०८१, शनिबार / Sat Apr 27, 2024

राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल, अन्य पदमा को ? (हेर्नुहोस)


काठमाडौं । राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासंघको ३१ औं वार्षिक साधारण सभाले २५ सदस्यीय संचालक समिति र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो । मल्ल यस अघि वरिष्ठ उपाध्यक्ष थिईन ।
उनी एक कार्यकाल अन्र्तराष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्य समेत भैसकेकी छिन् । महासंघको त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यस अघि उपाध्यक्ष थिए । पोखरेल राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्ष समेत हुन् । यसैगरी नवनिर्वाचित उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डि.बि. बस्नेत र इन्दिरा पन्त रहेकी छिन् ।

पछिल्लो संशोधिन विनियम अनुसार यस पटक तीन उपाध्यक्ष कायम भएको हो । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचित भएका छन् । महासंघको नवनिर्वाचित संचालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन रहेका छन् ।

साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि