१५ बैशाख २०८१, शनिबार / Sat Apr 27, 2024

आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै सहकारी संघसंस्थाको अनुगमनबाट पछि हट्यो राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संघसंस्थाको अनुगमन तथा निरीक्षण गर्न नसक्ने जनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ठूला नौ सहकारीको अनुगमन निरीक्षणका लागि राष्ट्र बैंकलाई सिफारिस गरेको भएपनि राष्ट्र बैंकले ती संघसंस्थाको अनुगमन निरीक्षण नगर्ने भएको हो ।

सहकारी संघसंस्था छुट्टै ऐन अन्तर्गत छुट्टै निकायले दर्ता गरेको र आफ्नो कार्यक्षेत्र मातहत नपर्ने भन्दै अनुगमन नगर्ने जनाएको हो । आवश्यक परे राष्ट्र बैंकले सहकारी विभागलाई विज्ञ उपलब्ध भने गराउने जनाएको छ ।

सहकारी क्षेत्रमा समस्या देखिन थालेपछि संघसंस्थाहरुको नियमनका विषयमा विभिन्न कोणबाट बहस हुँदै आएको छ । विभागले सहकारी संस्थाहरुको प्रभावकारी नियमन तथा अनुगमन गर्न नसकेपछि पछिल्लो समय सहकारीको नियमनका लागि छुट्टै नियामक निकाय वा राष्ट्र बैंक मातहत भन्ने कोणबाट बहस भइरहेपनि ठोस निष्कर्ष भने आउन सकेको छैन ।

सहकारी संस्थाहरुको नियमन फितलो हुँदा सदस्यको बचत अपचलन गर्ने संस्थाहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । ठूलो कार्यक्षेत्र र धेरै सेवाकेन्द्रमार्फत सदस्यको अर्बौं बचत लिएर सहकारीका सञ्चालक फरार हुने क्रम बढ्दो छ ।

मन्त्रालयले केहि दिन अघि लालीगुराँस बहुउद्देश्यीय, गोर्खा सेभिङ एन्ड क्रेडिट, आइडियल यमुना, हाम्रो बहुउद्देश्यीय, कान्तिपुर बचत तथा ऋण, गौतम श्री बहुउद्देश्यीय, शुभरत्न बचत तथा ऋण, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ र नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको अनुगमन गरिदिन राष्ट्र बैंकलाई आग्रह गरेको थियो । राष्ट्र बैंकले यी सहकारी संघ र संस्थाको नियमनको विषयमा चासो राखेको देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि