१२ बैशाख २०८१, बुधबार / Wed Apr 24, 2024

बुडोल सामुदायिक साकोसले दियो सञ्चालक र कर्मचारीलाई ‘उद्घोषण तालिम’


काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले रजत महोत्सव विविध कार्यक्रम गरी मनाइरहेको छ ।
रजत महोत्सवको अवसरमा उद्घोषण तालिम सम्पन्न गरेको छ । २०८० फागुन २० गतेदेखि २५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका पदाधिकारी र कर्मचारीसहित २० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।
उद्घोषण तालिम कार्यक्रम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष कैलाश के.सी.ले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला सहकारी संघ लि. काभ्रेका अध्यक्ष दिलिप शर्मा हुनुहुन्थ्यो । कार्यक्रममा संस्थाका लेखा तथा सुपरिवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की, सचिव जयराम थापा, शिक्षा तथा प्रकाशन उपसमिति संयोजक प्रकाश भुर्तेल, कार्यक्रमका प्रशिक्षक शुभराज अधिकारीको उपस्थिति रहेको थियो ।
६ दिने उद्घोषण तालिम कार्यक्रमका प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथिले प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि