२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

यो कारणले जन्मिन्छन् चार खुट्टा, चार हात भएका बच्चाहरु ?


एजेन्सी

हालसालै भारतको गोरखपुरको सहजनवा गाउँमा चार खुट्टा, चार हात, दुई लिंग र एउटा टाउको भएको बच्चाको जन्मभएको थियो । जन्म भएको केही दिनमा त्यो बच्चाको निधन भएको थियो ।
सरकारी अस्पतालमा १५ सेप्टेम्बरमा यो बच्चाको जन्म भएको परिवारले जनाएको छ । बच्चाको चार खुट्टा, दुई लिंग थिए, जसका कारण बच्चाले दिसापिसाव पनि गर्न नसकेको अस्पतालले जनाएको छ ।
यस्ता बच्चाहरुको जन्म हुँदा परम्परागत रुपमा कोही भगवानको रुपमा मान्छन भने कोही अशुभ र अनौठो ठान्छन् । साच्चै यस्ता बच्चाहरु कुनै बिरामी हुन् या अशुभ हुन् ?

म्याक्स हस्पिटलका बाल रोग विशेषज्ञ डाक्टर कपिल भन्छन् – ‘यस्ता बच्चाको जन्म हुनु कुनै आश्चर्यको कुरा होइन । यो विषय जुम्ल्याहा बच्चाहरुसँग जोडिएको हुन्छ । आमाको गर्भमा अण्ड बनेपछि धेरै समस्याहरु उत्पन्न हुन सक्छन जसका कारण गर्भमा जुम्ल्याहा बच्चा पूर्णरुपमा विकसित हुन पाउँदैनन् । यस केसमा अण्डको जति भाग जोडिएको हुन्छ त्यति नै विकसित हुन्छ र अंग बन्छ । कुनै अण्ड पूर्णरुपमा दुई भागमा विभाजित नभएमा शरीरको अंग जोडिएको बच्चा जन्मिन्छ ।’
म्याक्स हस्पिटलको बाल रोग विशेषज्ञ डाक्टर पी धर्मेन्द्रले गोरखपुरमा जन्मिएका ती बच्चा प्यारासिटिक ट्विन भएको बताएका छन् । पूर्ण रुपमा विकसित नभई जन्मिएकाहरुमा अंगहरु जोडिने डाक्टर धर्मेन्द्रले बताए । कन्जाइन्ड ट्वीन समेत हुने गर्छ जसमा बच्चा विकसित त हुन्छन तर उनीहरुको शरीरको अंग जोडिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि