२१ बैशाख २०८१, शुक्रबार / Fri May 3, 2024

अफ्रिकाका अनौठा राजा, मिस्त्रीको काम गर्छन्, स्काइपबाट सत्ता चलाउँछन् (फोटो फिचर)


राजा भन्ने बित्तिकै कुनै पनि राज्य वा देशको प्रतिष्ठित र सम्मानित व्यक्ति भन्ने हुन्छ । उसले देशको नेतुत्व गर्दे आफूभन्दा तल्लो तहका मानिसहरुलाई काम लगाउने गर्दछन् । तर एउटा यस्ता राजा पनि रहेका छन्, जसले दोहोरो भुमिका निर्वाह गर्दे आइरहेका छन् । उनी राजा पनि रहेका छन् र एउटा सामान्य मिस्त्री पनि ।

एउटा अफ्रिकी देशका राजा रहेका छन्, जो स्काइप मार्फत आफ्ना देशवासीहरुलाई दिशा निर्देश गर्ने र शासन चलाउने गर्दछन् । जब उनी स्काइपमा आफ्नो शासनसम्बन्धि काम सक्छन् तब एउटा साधारण व्यक्तिले जस्तै मिस्त्रीको काम गर्ने गर्दछन् । ७० बर्षीय सीफस बंसाह दुईवटा अफ्रिकी राज्यका राजा रहेका छन् ।

बंसाह हाल जर्मनीमा रहदै आएका छन् । त्यहाँबाट नै उनले स्काइपमार्फत आफ्नो शासन राम्रोसँग सञ्चालन गर्दे आइरहेका छन् । साथसाथै उनी मिस्त्रीको काम पनि गर्ने गर्दछन् ।

मिडिया रिपोर्टका अनुसार राजा बंसाह जर्मनीमा एउटा मिस्त्री रहेका छन् र स्काइपका माध्यमबाट टोगो र घानामा आफ्नो शासन चलाउने गर्दछन् । खासमा उनको जन्म घानामा भएको थियो । यद्यपी उनी राजा नियुक्त हुनुभन्दा पहिले नै सन् १९७० मा जर्मनी गएका थिए । उनको अधिकारमा उत्तरपूर्वी घाना र टोगो सीमा नजिकैको क्षेत्रमा ३ लाख मानिसहरु बसोबास गर्दे आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि