११ श्रावण २०७६, शनिबार ०७:५६

दक्षिणपूर्वी एसियामा ‘हेपाटाइटिस बी’ नियन्त्रण गर्ने पहिलो मुलुकमा नेपाल सहित चार देश


मिडिया क्लब नेपाल – काठमाडौं

नेपालसहित दक्षिण पूर्वी एसियाका चार वटा देशले हेपाटाइटिस बी नियन्त्रणमा ल्याएको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले नेपाल, बंगलादेश, भुटान र थाइल्याण्डले ‘हेपाटाइटिस बी’ नियन्त्रणमा ल्याएको हो ।
डव्लुएचओले यी चारवटै देशलाई दक्षिण–पूर्वी एसिया क्षेत्रबाट हेपाटाइटिस बी नियन्त्रण गर्ने ‘पहिलो मुलुक’ भनेको छ ।
डव्लुएचओका अनुसार यी देशहरुले ज्यानै लिने रोगको रुपमा रहेको हेपाटाइटिस बी लाई पाँच वर्ष उमेरका बालबालिकामा १ प्रतिशत भन्दा कममा परिणत गरेर नियन्त्रणमा ल्याएको जनाएको छ ।
हेपाटाइटिस विरुद्धको खोप हरेक ठाउँमा, हर समय, सम्पूर्ण बालबालिकामा पुर्याउने अठोटले नै यो सम्भव भएको संगठनको दाबी छ ।
हेपाटाइटिस बी नियन्त्रण भए नभएको जाँच गर्न यी चारै देशमा विज्ञहरुको प्यानलले बालबालिकामा खोपको तथ्यांक हेरेका थिए । त्यो तथ्यांकले यी देशमा जन्मिएदेखि १ वर्षसम्म हेपाटाइटिस बी को खोपको डोज ९० प्रतिशत भन्दा बढी पहुँच पुगेको जनाएको छ ।
रोकथाम गर्न सकिने भए पनि भाइरल हेपटाइटिसले विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाली राष्ट्रमा हरेक वर्ष ४ लाख १० हजार मानिसको मृत्यु हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि