८ आश्विन २०७७, बिहीबार १६:५६

“सहकारी सन्दर्भ ब्याज निर्धारण गर्ने मापदण्ड नै गलत”


मिडिया क्लब नेपाल, काठमाडौं । सहकारी नियमावलीमा तोकिएको मापदण्ड अनुसार सन्दर्भ ब्याजदर निर्धारणका लागि ३ वटा आधार तय गरेको छ । त्यसअन्तर्गत बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था र सङ्घहरूको औसत ब्याजदर, सहकारी बैङ्कको औसत ब्याजदर, वाणिज्य बैङ्कहरूको औसत ब्याजदर समावेश गरिएका छन् ।
साथसाथै ब्याजदरका सम्बन्धमा नेपाल सरकारका मन्त्रालय, निकाय, नेपाल राष्ट्र बैङ्कले गरेका अध्ययन प्रतिवेदन, राष्ट्रिय सहकारी महासङ्घ र विषयगत केन्द्रीय सङ्घहरुबाट प्राप्त भएको सुझाव र सन्दर्भ ब्याजदर निर्धारण समितिले उपयुक्त देखेका अन्य आधार समेत लिन सकिने नियमावलीमा उल्लेख गरिएको छ ।
अघिल्लो साउन महिनामा सन्दर्भ ब्याजदर निर्धारण समितिले सन्दर्भ ब्याजदर १६% तोकेको थियो । अहिले सन्दर्भ ब्याजदर १.२५ प्रतिशतले घट्नुको आधारहरु के–के हुन् ? उल्लेख गरिएको छैन । १६ प्रतिशतको सन्दर्भ ब्याजदर निर्धारण हुँदा ब्याजदरलाई प्रभाव पार्ने चरणहरूको अवस्था कस्तो थियो र अहिले कस्तो छ ? प्रतिवेदनहरू र समितिले सुझाव दिएको वा नदिएको स्पष्ट उल्लेख छैन ।
सहकारी नियमावली, २०७५ मा तोकिएका व्यवस्थाहरु समेत आफैंमा अपरिपक्व रहेको सहकारी विज्ञहरुले बताउँदै आएका छन् । सहकारी संस्थाको बैंकले खाता सञ्चालन खुला भए पनि सहकारी संस्थाले बैंक तथा वित्तीय संस्थाबाट ऋण कारोबार नपाउने प्रावधान रहेको छ । वाणिज्य बैंकको ब्याजदरलाई आधार बनाउनुको औचित्य नभएको सहकारी विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि