कोरोनाबाट धनुषामा वडाध्यक्षको मृत्यु

जनकपुरधाम । धनुषाधाम नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट एक वडाध्यक्षको मृत्यु भएको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत धनुषाधाम नगरपालिका–६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहिबार मृत्यु भएको हो ।
मोक्तान प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको उपचार क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
वडाध्यक्ष मोक्तान पूर्वएमालेबाट निर्वाचित भएका थिए ।