२० मंसिर २०७८, सोमबार १६:०५

बनेपामा खोलिएको ‘ल्याण्ड मोर्टगेज बैंक एण्ड कोअपरेटिभ सोसाइटी’ नेपालकै पहिलो सहकारी


कैलाशभक्त प्राधानाङ्ग, सहकारी विज्ञ

भु–बन्धकी बैंक र कोअपरेटिभ सोसाइटी विक्रम सम्वत् २००० भाद्रमा बनेपामा स्थापना भएको हो । मे.ज. विजय शमशेर जबरा र भीमबहादुर पाण्डे भारतमा अध्ययन गर्दा जवाहरलाल नेहरुले बनाएको पञ्चवर्षीय योजनाको अध्ययन गरेर नेपाल आएपछि गरिब र किसानलाई उत्थान गर्नका लागि कोअपरेटिभ सोसाइटीको स्थापनामा लागे । त्यतिबेला धनिले केही पैसामा गरिबको जग्गा लिएर शोषण गरिरहेका थिए । त्यो शोषणबाट मुक्त गर्नुपर्छ भन्ने हेतुले तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्ध शमसेर समक्ष ल्याण्ड मोर्टगेट बैंक एण्ड कोअपरेटिभ सोसाइटी स्थापना गर्न प्रस्ताव गरे । त्यो प्रस्तावलाई श्री ३ जुद्ध शमसेरले १ लाख रुपैयाँ सर्वेक्षणका लागि छुट्याइदिएका थिए ।
ल्याण्ड मोर्टगेट बैंक एण्ड कोअपरेटिभ सोसाइटी स्थापना गर्नुअघि सरकारी स्तरबाट त्यो सर्वेक्षण भयो ।
सर्वेक्षण २००० साल वैशाख १० गतेदेखि असार १५ गतेसम्म भएको थियो । सर्वेक्षणपश्चात सरकारलाई प्रतिवेदन बुझाइएको थियो । सर्वेक्षण साँगा, बनेपा, नाला, धुलिखेल, दाप्चा खड्पु, पनौती, तेमाल, पाँगु, खोपासी, पलाञ्चोक, सिपा, चौतारा, घुमथनङ, जलबिरे, लिस्ती, कोदारीका सेरोफेरोका प्रमुख गाउँ र हटियामा भएको थियो । त्यसबेला सबैभन्दा महंगो नुने ब्याज थियो, १ रुपैयाँको १५ दिनमा आधा माना नुन ब्याज तिर्नुपथ्र्याे ।
सर्वेक्षणपछि लिच्छिविकाल देखिकै व्यापारिक केन्द्रमा ल्याण्ड मोर्टगेट बैंक एण्ड कोअपरेटिभ सोसाइटी स्थापना गर्ने निर्णय भयो । यसको काम घरेलु उद्योग बनाउने र ती उद्योगलाई चाहिने जति समानहरु संस्थाले पु¥याइदिने र उद्योगले उत्पादन गरेको समान संस्थाले नै किनिदिने गरि लागु भएको थियो ।
श्री ३ मोहन शमसेर जबरा प्रधानमन्त्री हुँदा २००५ सालमा संस्था खारेज गरिदिएका थिए ।
यस विषयको अध्ययन भएर अभिलेखमा सच्याउनुपर्ने हो तर यस विषयमा सहकारी अभियानले पनि अध्ययन गरेन र सरकारले पनि अध्ययन गरेन । सहकारी अभियानमा राजनीति मिसिएकाले यसको अध्ययन हुन नसकेको हो ।
अहिलेसम्मको अध्ययनले बनेपामा स्थापना भएको ल्याण्ड मोर्टगेट बैंक एण्ड कोअपरेटिभ सोसाइटी नेपालको पहिलो सहकारी हो ।

(यो सामाग्री हाम्रो प्रिन्ट संस्करण सहकारी परिवेशमा प्रकाशन भईसकेको छ ।)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि