२५ चैत्र २०७७, बुधबार १३:२५

‘जनसचेतन साकोसको आयोजनामा पालिका स्तरीय भलिबल प्रतियोगिता’


दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ मा केन्द्रीय कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.ले ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पालिका स्तरीय माध्यमिक भलिबल प्रतियोगिता कार्यक्रम गरेको थियो ।

उक्त प्रतियोगितामा छात्रा तर्फ हनुमन्तेश्वर माध्यमिक विद्यालय र छात्र तर्फ कालिढुङ्गा माध्यमिक विद्यालयले जित हासिल गरेका थिए ।
प्रतियोगितामा छात्रातर्फ जनज्योती माध्यमिक विद्यालय द्वितीय र विष्णु माध्यमिक विद्यालयव तृतिय हुन सफल भएका छन् । यसैगरी छात्रतर्फ विष्णु माध्यमिक विद्यालय द्धितिय र जनज्योती माध्यमिक विद्यालय तृतिय भएका छन् ।
विजयी प्रतियोगीहरु प्रथम, द्धितीय र तृतीयलाई क्रमश ः १० हजार, ७ हजार, ५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
भलिबल खेलमा छात्रा तथा छात्र गरी १३ वटा समुहको सहभागिता रहेको बताइएको छ ।

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हेमन्त चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष रोहित चन्द्र खड्का, संस्थाका सल्लाहाकार तथा पुर्व अध्यक्ष भिमप्रसाद दाहाल लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । बैतेश्वर गाउँपालिका माध्यमिक विद्यालय स्तरीय जनसचेतन कप भलिबल प्रतियोगीताको आयोजना गरेको संस्थाले अर्को वर्ष दोलखा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि