नेकपाबाट निर्वाचित दोलखाका संसद पार्वत गुरुङविरुद्ध पक्राउ पूर्जी जारी


मिडिया क्लब नेपाल । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद पार्वत गुरुङ विरुद्ध पक्राउ पूर्र्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौंले जारी गरेको पक्राउ पूर्र्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।
सांसद गुरुङले आफूले पक्राउ पूर्र्जी जारी गरेको जानकारी आएको स्वीकार गरेका छन् ।
२०७४ बैशाखको स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।

खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि