डायनामिक युवा साकोसको १३ औं साधारण सभा सम्पन्न


काभ्रे । बनेपा नगरपालिकाको नालामा रहेको डायनामिक युवा बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष माधव सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा बनेपा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष कृष्णप्रसाद दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि दाहालले सहकारीले बचत तथा ऋणको मात्र कारोबार नगरी सदस्यहरुको आयस्तर उकास्नका लागि सामुहिक लगानी गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख मणिप्रसाद सापकोटा, संस्थाका सल्लाहकार बिदुर सिग्देल, भिष्मप्रसाद बजगाईं, किशोर बजगाईं, इबनारायण दाहाल आदिले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन सचिव उपेन्द्र दाहालले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गौतम श्रेष्ठले र लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भुवन श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको कुल शेयर पूँजी १ करोड ६९ लाख २९ हजार, बचत निक्षेप १५ करोड ४४ लाख १७ हजार, कर्जा लगानी १९ करोड ७३ लाख रहेको छ ।
संस्थाका अध्यक्ष माधव सिग्देलले संस्थाले कोभिड १९ लाई मध्यनजर गदृै सदस्यहरुलाई सकेसम्म आवश्यकताअनुसार सेवा सुविधा उपलब्ध गराएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि