१९ असार २०७६, बिहीबार ०८:१०

पूर्वमन्त्री कल्पना धमलासहित २० जना समाजवादी छाडेर नेकपामा !


काठमाडौं : पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएकी छन्। बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वागत गर्ने भएका छन्। संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीको एकता सम्मानजनक नभएको बताउँदै आएकी धमला नेकपा प्रवेश गर्न लागेको पुष्टि प्रधानमन्त्रीको सचिवालयले पनि गरेको छ।

पूर्वमन्त्री धमलासँगै तत्कालीन नयाँ शक्तिका सचिवालय सदस्य देवेन्द्र पराजुली, केन्द्रीय महिला संगठनकी संयोजक मनु हुमागाईँ लगायत केही व्यवसायी र गोरखाका नेता-कार्यकर्तासहित २० जना नेकपामा जाने पक्का भएको स्रोतले जनाएकव छ। धमलालाई यसअघि नै नेकपामा स्वागतको तयारी गरिएको थियो। धुम्बाराहीमा अध्यक्ष दाहाल स्वागतका लागि पुगेका थिए । तर अन्तिम समयमा आएर धमला पार्टी प्रवेश गर्ने कार्यक्रम स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि