२० असार २०७६, शुक्रबार ०५:१६

नागढुङ्गामा २४ घण्टादेखि गाडी जाममा


काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगा सडकमा हिजो (बिहीबार) गाडीको जाम लागेको छ । नागढुङ्गा नजिकै धादिङको सिक्रेखोलामा बिहीबार बिहान बिग्रिएको ट्रक हटाउन नसक्दा गाडी ओहोर–दोहोरमा समस्या भएको हो ।

ट्रक बिग्रिएको ठाउँमा एकतर्फी मात्र गाडी सञ्चालन हुँदा काठमाडौ भित्रिने र काठमाडौबाट बाहिरिने गाडीको लामो लाइन लागेको छ । काठमाडौ भित्रिने गाडीको लाइन खानीखोलासम्म र काठमाडौंबाट छुटेका गाडीको लाइन नागढुंगासम्म पुगेको स्थानीयले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार मार्बल बोकेर काठमाण्डौका लागि छुटेको भारतीय नम्बर प्लेटको ठूलो ट्रक बीच सडकमै बिहीबार बिहान ६ बजेतिर बिग्रिएको हो । बिग्रिएको ट्रक बनाउन पनि नसकिएको र क्रेनले हटाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आलोपालो गरेर एक लेनमा गाडी गुडिरहेकाले चाप भएको हो । अझै केही घण्टा यो सडकखण्डमा चापमा गाडी गुड्ने ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौ प्रवेश गर्ने यो मुख्य सडक खण्डमा बाटो साँघुरो र गाडीको चाप धेरै हुने हुँदा एउटा गाडी बिग्रँदा पनि लामो जाम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि