१२ चैत्र २०७९, आइतबार / Sun Mar 26, 2023

टिपरले ठक्कर दिदाँ श्रीमतीको आँखा अगाडी नै श्रीमानको मृत्यु


काठमाडौं । नेपालमा लामो समय देखि टिपर आतंक कायम रहँदै आएको छ । यो बीचमा टिपरको ठक्करबाट अर्घाखाँची सितगंगा–२ सितापुर नेपानेका ५५ वर्षिय हरि वलीको मृत्यु भएको छ । दुर्घटनामा परि मृतकको श्रीमती ५० वर्षिया सीता वली गम्भीर घाईते हुनु भएको छ । दुर्घटनामा परि कपिलवस्तु बुद्धभुमी १ भेलाईका ५० वर्षिय अटो चालक तारा बहादुर टण्डन पनी सामान्य घाइते हुनु भएको छ ।

कपिलवस्तुको बसन्तपुर चोक नजिकै शुक्रबार बिहान गोरूसिङगेबाट बिरपुर जाँदै गरेको रा १ ख १६३९ नम्बरको टिपरले भेलाईबाट गोरूसिङगे जाँदै गरेको लु १ ह २५१२ नम्बरको अटोरेक्सालाई ठक्कर दिदा अटोरेक्सामा सवार रहेका वलीको घटना स्थलमै मृत्यु भएको पथ्थरकोट प्रहरीले जनाएको छ । घाइतेको ४ नम्बर सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि