१४ श्रावण २०७६, मंगलवार ००:५७

प्रचण्डको निष्कर्ष ः विप्लव नेकपामा आउनुपर्छ या सिद्धिनुपर्छ


मिडिया क्लब नेपाल । काठमाडौं

नेकपा (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ‘विप्लव’ समूहले सिद्धिने या नेकपा (नेकपा) मा समाहित हुने एक विकल्प रोज्नुपर्ने पनि बताएका छन् । विप्लव समूहका रमण घिमिरेसहितका कार्यकर्ताहरुलाई सोमबार पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘ढिलो छिटो विप्लव नेकपामा नै समाहित हुनुबाहेक अरु उपाय छैन सिद्धिनु नै पर्छ ।’
नेत्रविक्रम चन्द (विप्लव) समूहले थालेको संघर्ष सफल नहुने दाबी प्रचण्डले गरेका छन् । पेरुको, फिलिपिन्सको, श्रीलंकाको लिट्टे जस्तै समाप्त हुने खतरा रहेकाले आफूहरु शान्ति प्रक्रियामा आएको उनले स्मरण गराएका थिए ।

माओवादी पार्टी विभाजन हुनुको जिम्मेवारी आफूले बताउँदै प्रचण्डले भने – ‘यसको जिम्मेवारी मैले नै लिनुपर्छ, म मुख्य लिडर हुनुको नाताले त्यो बेलामा साथीहरुलाई बुझाउन सकिनँ ।’तर, नेता मातृका यादव, महेन्द्र राय यादव लगायतको उदाहरण दिँदै र नवप्रवेशीलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा तत्कालिन माओवादी पार्टी परित्याग गरेकाहरू पनि अहिले फर्किन थालेको भन्दै खुसी व्यक्त गरे । उनले भने, ‘तपाईंहरु ठीक समयमा, ठीक निर्णय गरेर ठीक ठाउँमा नै आउनु भएको छ, मैले भन्ने गरेको छु, ढिलो छिटो विप्लव पनि यहीँ आउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि