१६ श्रावण २०७६, बिहीबार १३:०६

संघीय सरकारविरुद्ध सर्वाेच्चमा मुद्धा, किन हाल्यो प्रदेश सरकारले संघीय सरकारलाई मुद्धा !


मिडिया क्लब नेपाल । काठमाडौं

प्रदेश २ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संघीय सरकारबिरुद्व बिहीबार सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ ।
प्रदेशको मातहतमा रहेको वन क्षेत्र केन्द्र सरकारले आफूखुशी कम्पनीमा रुपान्तरण गरेको भन्दै मुद्धा दर्ता गरिएको प्रदेश २ का मुख्य न्यायाधिवक्ताले बताएका छन् ।
संविधानमा उल्लेख भएअनुसार प्रदेशको क्षेत्रभित्रको राष्ट्रिय वनको संरक्षण र व्यवस्थापन प्रदेश सरकार मातहत रहने व्यवस्था भए पनि राष्ट्रिय वनको रूपमा रहेकोे ‘सागरनाथ वन विकास परियोजना’ लाई केन्द्र सरकारले कम्पनीमा रुपान्तरण गरी केन्द्र मातहतमा राख्न खोजेको भन्दै मन्त्रालयले संघीय सरकार विरुद्व मुद्दा दर्ता गरिएको मन्त्रालयसम्बद्ध अधिकारीहरुले बताएका छन् ।
संघीय सरकारले प्रदेशको अधिकारलाई संघीय सरकारले पुनः हडप्न खोजेको भनि प्रदेश सरकारले आरोप लगाएको छ । प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले प्रदेशभित्रको वनलाई कम्पनीमा रुपान्तरण गरी संघीय सरकारले आफ्नो मातहत ल्याउन खोजेकाले रिट दायर गरिएको बताएका छन् ।
मुद्दामा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई विपक्षी बनाइ दायर गरिएको छ । साथै उत्प्रेषण, प्रतिषेध र परमादेशसमेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि