१९ श्रावण २०७६, आईतवार १५:३३

तीन महिना काम लगाएर ज्याला माग्दा कुटपिट


काठमाडौं– काभ्रेको एउटा समूहले तीनमहिना माला कुर्न राखेर ज्याला माग्दा कुटपिट गरेको छ । गुण्डाको पहिचान बनाएका सत्यमान लामा समूहले माला कुर्न राखेका अजय लामालाई लाई कुटपिट गरेको हो । गुण्डाको पहिचान बनाएका लामाले रोशी गाउँपालिका वडा नं। ५ सिपाली र लुरपुङमा माला कुर्न राखेका अजय लामालाई पैसा लिन बानेश्वरमा रहेको सांसद नविना लामाको रिमठिम क्याफेमा बोलाएर धारिलो हतियार प्रयोग गरी टाउको फुटाइदिएका हुन् ।

एइएनजीओको १ करोड ७५ लाख रकम हिनामिना गरेको आरोपमा सत्यमान लामा पक्राउ परेपछि लामाको कारोबार सम्हालेका हिमाल भनिने रुपेश लामाले आक्रमण गरेको घाइते अजय लामाले बताए । लामाले भने– ‘मेरो नेतृत्वमा ३० जनाको समूहलाई सत्यमान लामाले चैत महिना देखि बोधिचित्तको माला कुर्न लगाए । हामी बेरोजगार युवाहरु तीन महिना भएपनि काम हुन्छ भनेर सिपालीमै बस्यौं । सत्यमान लामा र अर्को समूहबीच मालामा विवाद रहेछ । हामी माला कुर्न बसेको ठाउँमा अर्को समूह पनि बसेको थियो । अर्को समूहले अदालतको आदेश ल्याएर प्रहरीको सुरक्षा सहित माला लिएर गए । माला हामीले किनेको होइन, हामी त कुर्न राखेका मान्छे । कामको ज्याला त पाउनु पर्यो नि रु’ उनले थपे– ‘शुक्रबार म लगायतका साथीहरू बौद्धमा थियौं, पैसा दिन्छु भनेर हिमालले बानेश्वर बोलाए । म लगायत अरु साथी बानेश्वर पुग्यो । हामी रिमठिम क्याफे छिर्न नपाउँदै हिमाल भनिने रुपशेले गाडीबाट हतियार झिकेर मेरो टाउकोमा प्रहार गरे ।’

शुक्रबार अजय लामाको कान्तिपुर अस्पतालमा उपचार भएको थियो । लामाको टाउकोमा १० टाँका लगाएको र गहिरो चोट लागेको निजको घाउजाँच गर्ने क्रममा अस्पतालले जनाएको छ । लामाले आक्रमण गर्नेविरुद्ध सोही दिन प्रहरी चौकी तीनकुनेमा जाहेरी दिएका थिए । प्रहरीले आक्रमणकारी रुपेश लामालाई शुक्रबार नै पक्राउ गरेको थियो । उनलाई छुटाउन सांसद नविना लामालागयतले प्रयास गरेपनि प्रहरी वृत्त तीनकुनेले अपराधिलाई उन्मुक्ति नदिने भन्दै आइतबार ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । प्रहरीले ७ दिन म्याद थपेर घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि