४ बैशाख २०७५, मंगलवार ११:३०

असफलताको बाबुराम गाथा


व्यक्तिगत रूपमा जतिसुकै सक्षम भए पनि कुनै संस्थागत/सांगठनिक आधारमा नटेकेको नेतृत्व कतिसम्म हावादारी हुँदोरहेछ भन्ने कुरा बुझ्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई हेरे पुग्छ। आफूसँग कथित शान्ति र संविधानको विचार रहेको दाबी गर्ने उनको विचारको कार्यान्वयन भने पुष्पकमल दाहाल ‘प्रचण्ड’को इच्छामा निर्भर छ।

त्यसकारण बाबुरामले दाबी गरे तापनि त्यस्तो पराश्रति विचारलाई विचार मानिँदैन। पार्टी भनेको विचार र संगठनको संयोजन हो। पार्टीको नेतृत्व गर्नु भनेको वास्तवमा संगठनको नेतृत्व गर्नु हो। कुनै निश्चित पारश्रिमिक लिएर विश्वविद्यालयको कक्षामा विद्यार्थीलाई पाठ पढाएजस्तो संगठनमा हुँदैन। कम्युनिस्ट पार्टीको संगठन ज्यादै क्रियाशील स्वयंसेवकहरूको जीवन्त पंक्ति हो। तर, बाबुरामका लागि त्यो फगत कुनै स्वामीको सत्संग सुन्न आएको अज्ञानीहरूको जमात मात्र हो, जसले स्वामीको ज्ञानरूपी आशीर्वाद पाउनासाथ मोक्ष् प्राप्त गर्छ।

प्रधानमन्त्री बन्नेबित्तिकै सञ्चारले बनाइदिएको कृत्रिम छवि देखेर एकै आदेशले नयाँ नेपाल निर्माण गर्न तम्सिएका बाबुराम तीन महिना बित्दानबित्दै असफलताको नालीमा पछारनि पुगिसकेका थिए। समग्र पार्टीको नेतृत्व गर्ने कुरा त परै जाओस्, आफ्नै गुटको समेत नेतृत्व गर्न नसकेर उनले व्यवहारतः त्यसको विघटन गरसिकेका छन्। त्यसैले बाबुरामको असफलताको प्रमुख कारण उनी प्रधानमन्त्रीका रूपमा प्रमुख कार्यकारी व्यक्ति बन्नु हो। उनी अर्थमन्त्री हुँदा असफलताको मुख्य दोष उनीसँग आउँदैनथ्यो। त्यसकारण उनी अपेक्षाकृत सफल देखिए। तर, प्रधानमन्त्री बनेपछि उनको क्षमता सतहमा आयो। बाबुराम सरकारको असफलता सतप्रतिशत अपेक्षित नै थियो। यस्तो अपेक्षा कुनै अप्ठ्यारो समय, घेराबन्दी वा संसदीय संयन्त्रको कारणबाट गरएिको थिएन, बरू बाबुरामको व्यक्तिवादी राजनीतिक चरत्रिको कारणले गरएिको थियो।

पार्टीभित्र चरम गुटबन्दी र अन्तरविरोध चर्किएर पार्टीको एउटा ठूलो हिस्सा उनलाई प्रधानमन्त्रीबाट झार्न उद्यत छ। यसैबेला उनी आफू कथित घेराबन्दीमा परेको बताइरहेका छन्। उनलाई घेराबन्दी गरेकै कारणले शान्ति र संविधानको प्रक्रियाले गति लिन नसकेको जिकिर उनको छ। अझ अगाडि बढेर उनले शान्ति र संविधानका लागि जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताएका छन्। एकताका यिनै बाबुराम भट्टराई हुन्, जो प्रतिक्रियावादी सत्ता ध्वंस गरेर सर्वहारा वर्गको सत्ता स्थापना गर्न जस्तोसुकै बलिदान गर्न तयार रहेको कुरा भट्याउँथे। यसरी हिजो क्रान्तिका लागि बलिदान हुन तयार बाबुराम आज शान्तिका लागि पनि बलिदान हुन तयार छन्। शान्तिका लागि बाबुरामको बलिदानको गाथा सुन्दा यस्तो लाग्छ, गौतम बुद्धभन्दा उनी अगाडि जन्मन पाएको भए शान्तिका पर्याय उनी नै हुने थिए। क्रान्तिका नाममा हजारौँ युवाको बलिदान टेक्दै ‘प्रभु’को आशीर्वादसहित प्रधानमन्त्री बनेका भट्टराईले आफ्नो राजनीतिक जीवनभर िबलिदानका नाममा प्रहरीको एक थप्पड र हिरासतको एक दिन पनि भेटेका छैनन्। बलिदानको बाबुराम शृंखला प्रधानमन्त्री बन्न उनले अपनाएका साधनहरूको प्रयोगबाट नै प्रमाणित भइसकेको छ।

बाबुरामको व्यक्तिवादी महत्त्वाकांक्षा, प्रचारमा आउन चाहने उनको कृत्रिम राजनीतिक स्टन्ट तथा एक्लैले जस लिने उनको अराजकतावादी व्यक्तिवादी कार्यशैलीले गर्दा नै उनी असफल भएका हुन्। बाबुरामको असफलताका कैयौँ पक्ष्ा छन् तर यहाँ मुख्य प्रवृत्तिमाथि मात्र चर्चा गर्ने प्रयास गरिएको छ।

प्रधानमन्त्रीका रूपमा उनको उदय भएपछि उनलाई लिएर धेरै उत्साहजनक प्रतिक्रिया आएका थिए। यद्यपि, त्यस्तो उत्साह राजनीतिप्रति परोक्ष सम्बन्ध राख्ने कोरा भावुक जमातको थियो। तैपनि, त्यसलाई समातेर बाबुराम स्तुतिको हनुमान चालिसा बनाउनेहरूको कमी थिएन। आफ्नो व्यक्तिवादलाई लगाम दिएर संस्थागत रूपमा चल्न सकेको भए निश्चित रूपमा केही राम्रो गर्न सकिने सम्भावना रहन्थ्यो। तर, सरकारी बाबुरामको सफलतालाई अब केवल मुस्ताङ गाडीको व्यंग्यात्मक कडीमा बाहेक कतै जोड्न नसकिने भएको छ। आफ्नो चरम असफलतालाई कथित घेराबन्दीको नाटकद्वारा बर्गेल्याउन खोजेका बाबुरामको असफलताका केही कारण यस्ता छन् ः

व्यक्तिवाद ः बाबुराम सरकारको असफलताको प्रमुख कारण उनको व्यक्तिवाद हो। कुनै पनि काम जतिसुकै सक्षम व्यक्ति भए पनि एक्लै गर्ने कुरा होइन र सकिँदैन। तर, बाबुरामको व्यक्तिवादले आफूसँग तर्क गर्न सक्ने र प्रतिवाद गर्ने पात्रसँग सहकार्य गर्नै सक्तैन। सरकारी यात्रामा होस् वा अघि, सबैभन्दा सामीप्य आफ्ना दुई-चार जना कारन्िदासँग मात्र हुनुले नै उनको प्रभाव आफैँमा हराएर गएको हो। राजनीतिक इतिहास नै नभएका कोरा व्यक्तिहरूको अक्षम जमातलाई आफ्नो निर्देशन सुनाएर हिँड्ने बाबुरामको बानीले कहिल्यै पनि समकालीन राजनीतिक समूहको विश्वास जित्न सकेन। प्रधानमन्त्री बनिसकेपछि उनले वरपिर िराखेका कारन्िदाहरूको जमात हेर्ने हो भने उनमा राजनीतिक संगतको संकट प्रस्ट देखिन्छ। आफ्नो अगाडि हात मोल्दै उभिने र राजनीतिक भाषा बोल्न पनि नसक्नेहरूको चाकरीमा रमाउने बाबुरामको व्यक्तिवादले कहिल्यै पनि संस्थागत निर्णय गर्ने परपिाटीमा विश्वास गरेन।

व्यक्तिवादको चरत्रि सामूहिकताविरोधी हुन्छ। त्यसले हरेकलाई उपयोगको वस्तु ठान्छ। व्यक्तिवादले पार्टी संगठनको प्रयोग आफ्नै व्यक्तिगत स्वार्थमा केन्दि्रत गर्छ र अरू सबै उसकै हित साँध्नका लागि जन्मिएको ठान्छ। बाबुरामले पनि चाहे संघर्षको पक्ष होस् वा एकताको, आफूलाई केन्द्रमा राखेर मात्र त्यसको कार्यान्वयन गर्छन्। उनको स्वार्थमा प्रचण्डले अंकुश लगाउँदा बाहेक पार्टीभित्र उनको संघर्ष कहिल्यै पनि देखिँदैन। र, प्रचण्डले उनको स्वार्थको सम्बोधन गर्नेबित्तिकै प्रचण्डप्रति उनमा रातारात प्रगाढ प्रेम उत्पन्न भइहाल्छ। व्यक्तिवादको चरत्रिले सम्पूर्ण ज्ञानको सर्वेसर्वा आफैँलाई ठान्छ र संगठनलाई केवल आफ्नो निर्देशन मान्ने एउटा निष्त्रिmय पुर्जा ठान्छ। व्यक्तिवाद स्वयं अराजकतावाद पनि हो। त्यसकारण व्यक्तिवादले संस्थागत संरचना ध्वंस गर्दै आफ्नै आग्रहलाई सत्यको एक मात्र कसौटी ठान्न पुग्छ। बाबुरामको व्यक्तिवादले पनि आफू उक्लिएको सांगठनिक भर्‍याङलाई मिल्काउँदै एकाधिकारवादी व्यक्तिवादको अराजकता प्रदर्शन गर्दै अाएको छ।

सक्ष्ाम र क्षमतावान् व्यक्तिलाई होइन, आफ्नो बफादार कारन्िदालाई बोक्नै नसक्ने जिम्मेवारीको भारी बोकाउनु व्यक्तिवादको अर्को विशेषता हो। बाबुरामले जिम्मेवारी दिएका व्यक्तिको झुन्ड हेर्‍यो भने सरकारको त कुरै छोडौँ, एउटा सानो गैरसरकारी संस्था चलाउने हैसियत पनि देखिँदैन। बफादार कारन्िदाको अक्षम जमातको बीचमा पनि सक्ष्ाम देखिएका बाबुरामको असली परीक्षा हुन कहिल्यै पाएन। व्यक्तिवाद स्वयं सामन्तवादको पनि महत्त्वपूर्ण अंश हो। त्यसकारण बाबुराम जिम्मेवारी तोकिएको व्यक्तिलाई पन्छाउँदै गैरजिम्मेवार व्यक्तिको सहयोग लिन्छन्। उनको राजनीतिक वास्तविकताबाट आफ्नै राजनीतिक सल्लाहकार अनभिज्ञ हुन्छ। उनको सञ्चारको व्यवस्थापनबाट आफ्नै प्रेस सल्लाहकार अनभिज्ञ हुन्छ। तर, उनी चोर बाटोबाट आफ्नो काम चलाइरहेका हुन्छन्। यस्तो व्यक्तिवादी, सामन्तवादी र अराजकतावादी क्रियाकलापका कारण कोही उनको मौखिक आदेशको जिम्मेवारीबाट थिचिएर व्यवस्थित कामै गर्न नसक्ने पक्षघातग्रस्त बनेका छन् भने कैयौँ मानिस औपचारकि जिम्मेवारीसहितको पद पाएका भए तापनि पूर्णतः बेरोजगार छन्।

करबि-करबि विघटित भएको बाबुराम समूहको मुख्य समस्या स्वयं उनी हुन्। प्रायः सुषुप्त रूपमा देखिने उनको उपयोगितावाद प्रचण्डको खुला देखिने उपयोगितावादभन्दा खतरनाक छ। कमसेकम आफ्नो समर्थन गर्ने जस्तोसुकै व्यक्ति भए पनि प्रचण्डको व्यवहार उसप्रति कृतघ्न हुँदैन। बाबुरामको पंक्तिभित्र पनि उनीजस्तै कृतघ्न व्यक्तिवादीहरूको बाहुल्य देखिनु यसैको परण्िााम हो। बाबुराम पंक्तिमा रहेको अराजकतावादी व्यक्तिवादीहरूको नेतृत्वले गर्दा नै यस समूहको सांगठनिक विघटन भएको हो। बाबुराम सरकारको असफलता यही व्यक्तिवादी अराजकतावादको परण्िााम हो। एक्लै निर्णय गर्ने र काम गर्दा सकारात्मक परण्िााम आए एक्लै श्रेय र नकारात्मक परण्िााम आए समूहलाई जिम्मा लगाउने बाबुराम प्रवृत्तिले कहिल्यै पनि संस्थागत जस लिने हैसियत राख्दैन। आफ्नै सम्पादकत्वमा प्रकाशित झिल्को पत्रिकालाई समेत संस्थागत गर्नुको सट्टा आफ्नै छोरीलाई दाइजो दिएको प्रसंग बाबुरामको व्यक्तिवादले निर्माण गरेको सामन्ती संस्कृतिको उदाहरणका लागि पर्याप्त हुन्छ।

राजनीतिक पाखण्ड ः वास्तविकताको ठीकविपरीत एउटा राजनीतिक स्टन्टका लागि गरनिे पाखण्डले बाबुराम सरकारलाई सबैभन्दा बढी प्रभावित तुल्याएको छ। सरकार गठनपूर्वको आफ्नै प्रतिबद्धताविपरीत उनका पछिल्ला क्रियाकलाप जसरी प्रदर्शित हुँदै आए, त्यतित्यति बाबुरामको कृत्रिम प्रतिबद्धताका पत्रहरू पनि खुल्दै गए। जनयुद्धकालमा ‘विश्वविद्यालयमा आगो झोस्नुपर्छ’ भन्ने उनको जति नक्कली क्रान्तिकारी कथन थियो, शान्ति प्रक्रियापछि त्यति नै पुँजीवादको नवउदारवादी फेटा गुथेर उनी नक्कली लोकतन्त्रको खैँजडी बजाइरहेका छन्। उनको शान्ति र क्रान्तिको द्वन्द्ववाद राजनीतिक पाखण्डतामा बेरएिर प्रदर्शित भइरहेको छ। प्रधानमन्त्री बनिसकेपछि उनले गरेको प्रारम्भिक नाटकको पटाक्षेप हुन महिना दिन पनि लागेन। उनको मुस्ताङरूपी कथित मितव्ययिता कुनै मौखिक संस्कृतिको उपज थिएन। केवल चर्चा बटुल्ने एउटा सस्तो लोकपि्रयताको माध्यम मात्र थियो।

सरकारका सम्बन्धित निकायलाई उचित व्यवस्थापन गर्ने र सम्बन्धित कामका लागि निर्देशन दिनुभन्दा आफैँ गाडी कुदाउँदै सम्बन्धित ठाउँमा पुगेर अन्टसन्ट प्रतिक्रिया दिने बाबुराम नायक भन्ने हिन्दी सिनेमामा जस्तै हिरो बन्दै हिँडे। उनलाई लागेको थियो, यसभन्दा अगाडिका प्रधानमन्त्रीहरूले आदेश गर्न नसकेका कारण काम नभएको हो। त्यसैले जहाँ पायो त्यहीँ र जसलाई पायो त्यसैलाई आदेश दिन थाले। जस्तो ः होर्डिङ्बोर्ड हटाऊ, बाटो खोल, भात राम्रोसँग पकाऊ, फलानालाई हटाऊ, पसल सफा राख आदि, इत्यादि। तर, आदेशहरू जसरी ज्ाारी भए, त्यसैगरी हराए। समस्या जहाँको त्यहीँ रहे। बाबुरामको सरोकार समस्यासँग थिएन, निजी प्रचारसँग थियो। त्यो पूरा भयो। बाबुराम मिसन पनि पूरा भयो। निजी महत्त्वाकांक्षा र आत्मप्रचारमा आधारति यस्ता राजनीतिक प्रोपोगन्डा बाबुरामलाई असफल तुल्याउन सहयोगी सिद्ध भए।

विदेश भ्रमणमा जाँदाको केही हजार रुपियाँ फिर्ता गर्नु, आफ्नो खानपानको मितव्ययी व्यवहारको चर्चा गर्नु, चाँडो अफिस पुग्नु, बाटोमा हर्न नबजाउनु, जहाजको सामान्य सिटमा बसेर यात्रा गर्नु नै बाबुरामको सफलताको सूत्र बन्यो। तर, लम्बिँदै गएको संक्रमणकालले निम्त्याएको महँगी, ध्वस्त भएको सामाजिक सुरक्षा, कमजोर भएको राष्ट्रियताजस्ता महत्त्वपूर्ण पक्षमा उनको ध्यान गएन। किनभने, राष्ट्रका यस्ता गम्भीर समस्याको समाधान उनले गर्नसक्ने कुरा पनि थिएन र त्यसले उनलाई तुरुन्तै चर्चामा पनि ल्याउने थिएन। उनले बारम्बार दोहोर्‍याइरहने राष्ट्रिय सहमतिको सरकारको नारा पनि उनको राजनीतिक पाखण्ड मात्र प्रमाणित भयो। जबसम्म आफू प्रधानमन्त्री बन्ने वातावरण तयार भएको थिएन, उनी बारम्बार राष्ट्रिय सहमतिको कुरा गररिहे। तर, प्रधानमन्त्रीको बाटो केही फुकेको मौका मिल्नासाथ बहुमतीय आधारमा आफू कुनै पनि हालतमा प्रधानमन्त्री नबन्ने प्रतिबद्धताविरुद्ध त्यही आधारमा नै प्रधानमन्त्री बने। प्रधानमन्त्री बनेको ४५ दिनभित्रै शान्ति प्रक्रिया टुंग्याउने वाचा गरेका बाबुरामले पछि त्यसलाई बदल्दै आफूले त्यसो नभनेको प्रतिक्रिया दिए।

संसद् पुनःस्थापनापछि बनेको विधायिका संसद्को चरत्रिलाई निकै ठूलो क्रान्तिकारी उपलब्धि भन्दै त्यसलाई नयाँ वर्गीय सारतत्त्वसहितको व्यवस्थाका रूपमा व्याख्या गर्ने व्यक्ति बाबुराम नै थिए। समयको छोटै अन्तरालमा त्यसको यथास्थितिवादी वर्गीय सारतत्त्व उजागर भएपछि बाबुरामद्वारा प्रस्तावित कथित ‘नयाँ नेपाल’को थेगो प्रयोगमा आयो। तर, संसदीय राजनीतिको निरन्तरताबाहेक अर्को प्रगतिशील चरत्रि संविधानसभाले देखाउन नसकेपछि उनैलाई व्यंग्य गर्दै नयाँ नेपाल अलप भयो। रह्यो त केवल बाबुराम भट्टराईद्वारा नेतृत्व गरएिको पाखण्डपूर्ण राजनीतिक शब्दावलीबाट मात्र बेथित रहेको कुरूप नेपाल। संघीयता, राज्यको अग्रगामी पुनःसंरचना, शासकीय स्वरूप आदि सबै नयाँ नेपालका बाबुराम मुद्दाहरू संसदीय व्यवस्थाको निरन्तरतामा समाहित भए। तैपनि, बाबुरामको दिमागमा संविधानसभाको कथित क्रान्तिकारी चरत्रि आजउप्रान्त पनि सल्बलाइरहेको देखिन्छ। यस्तो राजनीतिक पाखण्ड उग्रक्रान्तिकारी चरत्रिबाट उदाएर चरम दक्षिणपन्थी अवसरवादीका रूपमा अस्ताएको छ।

कर्मचारीतन्त्रको वैशाखी : प्रभावकारी सांगठनिक टिमबिना आदेशपालक कारन्िदाहरूको बीचमा एक्लै उभिएको बाबुराम सरकारको वैशाखी भनेको कर्मचारीतन्त्र हो। त्यसमा पनि उनको सामन्ती चरत्रिलाई प्रभाव पार्न गर्ने चाकरीबाज कर्मचारीहरू उनका आदर्श हुन्। किनभने, मन्त्री र सल्लाहकारको पद दिएर धानेका व्यक्तिगत लाभका चरम आकांक्षीबाहेक उनीसँग कोही पनि राजनीतिक व्यक्ति छैनन्। लाभको पद दिन नसकेका उनीनिकट कैयौँ अवसरवादीहरू यसभन्दा अघि नै प्रचण्डको पाउमा लम्पसार परसिकेका छन्। त्यसैकारणले बाबुरामको टिममा अहिले केही अवसरवादी कथित बुद्धिजीवी र सधैँ जसको पनि चाकरी गर्न सक्ने कर्मचारीको सानो झुन्ड मात्र देखिन्छ। बाँकीचाहिँ आफ्नै निर्वाचन क्षेत्रबाट गुण तिर्न ल्याएका राजनीतिसँग असम्बद्ध लम्पटहरूको पल्टन मात्र। बाबुरामको यस्तो प्रकारको कर्मचारी मोह उनको स्खलित सांगठनिक आधारको भर्पाइ हो भन्ने बुझ्नुपर्छ।

पञ्चायतकालीन प्रशासनयन्त्रलाई आदर्श मान्दै संसदीय व्यवस्थाको अधिकांश समय नेपाली कांग्रेसले शासन चलायो। नेकपा एमालेले पनि त्यसैलाई निरन्तरता दियो। आफूलाई नयाँ अग्रगामी शक्ति मान्ने र अझ शब्द-शब्दमा त्यस्तो दाबी गर्ने एकीकृत नेकपा माओवादीका विद्वान् नेताले राजनीति र राजनीतिज्ञलाई केन्द्रमा राखेर होइन, कर्मचारीलाई केन्द्रमा राखेर नयाँ नेपालको अभ्यास गर्दैछन्। अहिले बाबुरामले चलाएको शासनको अभ्यासले हेर्दा लाग्छ ः उनी पढेर राजनीतिज्ञ होइन, एउटा कर्मचारी नै बन्न चाहन्थे। कर्मचारीतन्त्रको बाबुराम आशक्तिले राजनीतिमा चाहिने संगठनको महत्त्वलाई गौण बनाइदिएको छ। आफू कथित सफल बन्नका लागि प्रयोग गरेको कर्मचारीतन्त्रलाई उनले अलिकति पनि प्रभावित पारेका छैनन्, बरू कर्मचारीबाट प्रभावित हुँदै यथास्थितिको पक्षपोषण गररिहेका छन्। धूर्त कर्मचारीतन्त्रको एउटा डफ्फाको कारन्िदाका रूपमा मात्र प्रधानमन्त्रीको प्रभावकारतिा देखिनु लाजमर्दो कुरा हो। बाबुरामले रोजेको यस्तो अराजनीतिक बाटोले क्षणिक रूपमा केही फाइदा गरेजस्तो देखिए पनि उनको राजनीतिक जीवनलाई भने यसले समाप्त पार्नेछ।

प्रारम्भमा झूट्टो प्रशंसाको पुल बाँध्दै नेतृत्वलाई आफ्नो स्वार्थको घेराभित्र राख्ने र परविर्तनको एजेन्डालाई निस्तेज पार्ने कर्मचारीतन्त्रको विश्वासमा टिकेका बाबुरामले असफलताबाहेक अर्को कुरा हासिल गर्न सम्भवै थिएन। उनले रोजेका पात्रको विगतलाई हेर्ने हो भने बाबुरामको राजनीतिक जीवनप्रति सकारात्मक आशा राख्न सकिन्न। राजनीतिक समझदारीभन्दा बाहिरबाट गरएिका विवादास्पद सम्झौता, खोक्रा आर्थिक नारा तथा कथित शान्तिको एकोहोरो रटानलाई सामान्य रूपमा लिनु एउटा गम्भीर राजनीतिक भूल हुनेछ। शक्तिकेन्द्रबाट निर्देशित आदेशलाई संगठनबाट अनुमोदन गराउने कामका लागि मात्र यदि बाबुरामलाई पार्टी र संगठनको आवश्यकता रहेको हो भने उनको निजी परविार त उनको साथमा रहला तर कुनै एक मात्र चौथो राजनीतिक व्यक्ति उनीसँग रहने छैन।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि