१ आश्विन २०७६, बुधबार १२:५०

काभ्रेको पाँचखाल फेदीमा पहिरोले पुरिएर बालकको मृत्यु


फोटो : होमप्रसाद चौलागाईं

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदी फलिटबोटमा रहेको एउटा घर पहिरोले पुरिंदा एक बालकको मृत्यु भएको छ ।

फोटो : होमप्रसाद चौलागाईं

बिहान ६ बजे घरमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर घर पुरिएको त्यहाँका स्थानीयले बताएका छन् ।
घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए । बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि