१६ कार्तिक २०७६, शनिबार १४:११

इराक सरकारको दमन : गरिबी र भ्रष्टाचारको विरोध गर्ने माथि गोली


मिडिया क्लब नेपाल, इराक । इराक सरकारको विरोधमा बगदादमा प्रदर्शन गर्ने प्रदर्शनकारीलाई इराक प्रहरीले गोली र अश्रु ग्यास प्रहार गर्दा दुईजनाको मृत्यु भएको छ । सयौं घाइते भएको अन्र्तराष्ट्रिय समाचार संस्थाले बताएको छन् ।
बिहीबार रातिदेखि नै प्रदर्शन हुनसक्ने सम्भावना देखिएकोले सुरक्षा व्यवस्था कडा पारिएको थियो । अक्टोबरको सुरुवातदेखि नै बेरोजागारी, गरिबी बढेको भन्दै सरकारविरुद्ध प्रदर्शन थालिएको थियो ।

प्रदर्शनकारीहरुले उच्च बेरोजगारी, गरिबी, सार्वजनिक सेवाको समस्या, भ्रष्टाचार, राजनीतिक नेताहरुले दिने झुठा आश्वासनलगायतका धेरै समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । शुक्रबार इराक प्रहरीले शुक्रबार बिहान अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले अमेरिकी दूतावास र इराकी सरकारी कार्यालय भएको ग्रिन जोनमा प्रवेश गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।
इराकी जनता इराकमा आर्थिक संकट चरम भएको र पानी तथा बिजुलीजस्ता अत्यावश्यक वस्तु पनि पुर्याउन नसकेपछि सरकारविरुद्ध सडकमा उत्रिएका थिए । यसवर्षको सुरुवातमा भएका केही प्रदर्शनका क्रममा १४९ जना प्रदर्शनकारीले ज्यान गुमाइ सकेका थिए ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि