२२ कार्तिक २०७६, शुक्रबार १९:०३

कालापानीबारे भारत कठोर बन्दै, भारतीय अधिकारी भन्छन् – नयाँ नक्सा ठिक छ


मिडिया क्लब नेपाल, काठमाडौं । भारतले गत शनिबार सार्वजनिक गरेको आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी पेश गरेको छ । भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको जनाएको हो ।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपालीभूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको बताउँदै उनि भन्छन् – ‘नयाँ नक्साले कुनै पनि हिसाबले नेपाल भारत सीमा परिमार्जन गरिएको छैन ।’

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि