१८ मंसिर २०७६, बुधबार १८:२४

४ वटा मेडिकल कलेजका विद्यार्थीले गरे परीक्षा बहिष्कार, प्रवेश पत्र नै जलाइयो


मिडिया क्लब नेपाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त चार वटा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएस, बिडिएस र नर्सिङको परीक्षा बहिष्कार गरेका छन् ।
शुल्कका विषयलाई लिएर लामो समयदेखि आन्दोलनरत विद्यार्थीहरुले पहिलो वर्षको वार्षिक परीक्षा बहिष्कार गरेका हुन् । मेडिकल कलेजले अवैध रूपमा उठाएको शुल्क फिर्ताको माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थीले माग पुरा नभएसम्म परीक्षामा सहभागि नहुने बताएका छन् ।
वीरगञ्जको नेसनल मेडिकल कलेज, चितवनको चितवन मेडिकल कलेज, भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र जनकपुरस्थित जानकी मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका सबै संकायको परीक्षा बहिष्कार गरेका हुन् । चितवन मेडिकल कलेजका विद्यार्थीले त प्रवेश पत्र नै च्यातेका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि