१३ औं साग : फुटबलमा नेपाललाई स्वर्ण, पदक तालिकामा नेपालको ५१ गोल्ड मेडल

मिडिया क्लब नेपाल, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण जितेको हो । नेपाल १२ औं सागमा पनि फुटबलको स्वर्ण विजेता हो ।
अविशेक रिजालले १६ औं मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । तर खेलको ३६ औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले गरेको गोलमार्फत भुटानले पहिलो हाफअघि खेललाई १–१ को बराबरीमा पु¥याएको थियो ।
नेपालका लागि सुनिल वलले गोल थप्दै जित सुनिश्चित गरेका थिए । ५३ औं मिनेटमा उनले गरेको गोल नेपालको जितको लागि काफी भयो ।