२८ मंसिर २०७६, शनिबार १२:२५

कौडिको भाउमा यति होल्डिङ्सले उम्कायो गोकर्ण रिसोर्टको जग्गा


एस.के. लम्साल, मिडिया क्लब नेपाल

गोकर्ण रिसोर्टको जग्गा भाडा सम्झौता बढाबढ गरी लागु गरिनुपर्छ । न्युन भाडादर राखि राष्ट्रिय सम्पतिको दुरुपयोग दण्डनीय तथा निन्दनीय आर्थिक अपराध हो । राष्ट्रिय सम्पति दुरुपयोग गर्ने नीतिगत भ्रष्टाचारमा लिप्त जो सुकै भएपनि कारवाही गर्नुपर्छ ।

सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यस अन्तर्गत रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रा.लि.लाई नै दिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतिलाई समय थपिएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषद् बैठकले समय थप्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले गरेका अन्य निर्णयहरू गत बिहीबार सार्वजनिक गरिए पनि यसबारे खुलाइएको छैन ।

काठमाडौं गोकर्णेश्वर नगरपालिकामा पर्ने, झन्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका निम्ति यतिले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा तिर्दै आएको छ । यति होल्डिङ्स गत वर्ष ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पाले अगाडि बढाएको कम्पनी हो । यतिलाई सत्तारूढ नेकपाका केही नेताले संरक्षण दिने एवं प्रवद्र्धन गर्ने गरेको आरोप लाग्दै आएको छ ।

सामान्य खेतीपाती गर्ने जग्गाको चलनचल्तीको वार्षिक भाडादर प्रतिरोपनी १५÷२० हजार पर्छ, तर मन्त्रीपरिषद्ले निर्णय गरेर दिएको सरकारी स्वामित्वको व्यापारिक जग्गा प्रतिरोपनी ५ सय ६४ मा दिनु नीतिगत भ्रष्टाचारको पराकाष्ठ हो ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि