८ माघ २०७६, बुधबार १२:५१

डोनल्ड ट्रम्प महाभियोग : अमेरिकी सिनेटको सुनुवाइमा चर्काे बहस


मिडिया क्लब नेपाल । अमेरिकाको सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाभियोगको सुनुवाइ सुरु हुँदा रिपब्लिकन तथा डेमोक्र्याटहरू अब त्यसको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा चर्काे बहस गरिरहेका छन् ।
ट्रम्प र युक्रेनबीच सम्पर्क भएका थप प्रमाणको खोजी गर्ने विपक्षी डेमोक्र्याटहरूको प्रयासलाई सत्तारुढ रिपब्लिकनहरूले विफल तुल्याइदिएपछि थप दस्तावेज मगाउने कि नमगाउने भन्ने विषयमा बहस चल्दैछ ।
सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कोनेल महाभियोग मुद्दाका प्रमुख साक्षी र दस्तावेजलाई झिकाउन नहुने पक्षमा छ् । तर विपक्षी डेमोक्याटहरू त्यसो हुन नहुने र यदि त्यसो गरिएमा त्यो ढाकछोप वा सो सरह हुने बताउँदै आएका छन् ।
ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गर्दै युक्रेनबाट नाजायज फाइदा लिन खोजेको र अमेरिकी कङ्ग्रेसलाई आफ्नो काम कारबाहीको छानबिन गर्न नदिएको आरोपको सामना गरिरहेका छन् ।

डोनल्ड ट्रम्प महाभियोग अब के हुन्छ ?

रिपब्लिकनहरूले ट्रम्प प्रशासन र युक्रेनबीचका सम्पर्क सम्बन्धी थप दस्ताबेजहरू ह्वाइट हाउसबाट मगाउनु पर्ने अडान राख्दै डेमोक्र्याटहरूले ल्याएका दुई संशोधन प्रस्तावलाई विफल बनाइदिएका छन् ।
त्यहाँ पार्टीका आफ्ना लाइन अनुसारै मतदान भएका छन् । अन्य थप संशोधनहरूका विषयमा पनि विचार विमर्श भइरहेका छन् ।
सिनेटको च्याम्बरमा ह्वाइट् हाउसको बजेट कार्यालयका दस्ताबेजहरूमाथि विचार गर्ने कि नगर्ने भन्ने विषयमा बहस भइरहेको छ ।

के ट्रम्पलाई राष्ट्रपतिबाट हटाउन सम्भव छ ?

छानबिनका क्रममा बयान दिएका साक्षीहरूले महाभियोग छानबिनसँग सम्बन्धित थुप्रै दस्ताबेजहरू रहेको बताएका छन्। ती दस्ताबेजहरू छन् । तर राष्ट्रपतिले नदिनु भनेकाले ती रोकिएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेनसम्बन्धी नकारात्मक जानकारी दिन युक्रेनलाई अनुचित दबाब दिएको आरोप खेपिरहेका छन् ।
डेमोक्र्याटहरूले रिपब्लिकनहरू विरुद्ध त्यस मामिलाको ढाकछोप गर्न खोजेको आरोप लगाइरहेका छन् । अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने ट्रम्प तेस्रो राष्ट्रपति हन् । (बिबिसी)

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि