२४ जेष्ठ २०८०, बुधबार / Wed Jun 7, 2023

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा मारवाडि सेवा समितिद्वारा कोरोना प्रतिरोधी औषधी वितरण


मिडिया क्लब नेपाल, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ११ र १२ मा मारवाडि सेवा समितिको सौजन्यमा ब्च्क्भ्ल्क्ष्ऋग्ः ब्ीद्यग्ः घण्ऋ रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने होमियोप्याथिक औषधी निःशुल्क वितरण गरिएको छ ।
इन्द्रावती गाउँपालिका वडा नं. १२ को भिमटारमा वडाअध्यक्ष कमलरत्न दनुवारलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै वडा नं. ११ को वोडगाउँमा वडाध्यक्ष मने माझिलाई औषधी हस्तान्तरण गरिएको थियो । दुवै वडामा वडाध्यक्षमार्फत सबै वडाबासीले औषधी पाउने व्यवस्था मिलाइएको बताइएको छ ।

मिडिया क्लब नेपालका अध्यक्ष तथा समाजसेवी श्यामकृष्ण लम्सालको संयोजनमा वडा नं. १२ मा पाँच हजार जनाको लागि र वडा नं. ११ मा ४२०० जनाको लागि औषधी वितरण गरिएको हो ।

औषधी सेवन गरेपछि सकारात्मक प्रतिक्रियाहरु आउन थालेका छन् । यसअघि औषधी सेवन गरेका जितेन्द्रनारायण श्रेष्ठ भन्छन् – ‘यो औषधी खाएपछि वर्षाैदेखि लागेको रुघाको एलर्जी निको भयो ।’

समाजसेवी श्यामकृष्ण लम्सालले यसअघि महाभुकम्प, २०७२ मा पनि सोही गाउँपालिका वडा नं. १२, भिमटारमा अस्थायी घर निर्माण कार्यको संयोजन गर्नुभएको थियो साथै उहाँले विभिन्न सामाजिक कामहरू पनि गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि