१० श्रावण २०७७, शनिबार १७:१४

कोरोना जित्नेको संख्या १३ हजार नाघ्यो, आज १०९ नयाँ संक्रमित (कहाँ ? कति ? हेर्नुहोस)


मिडिया क्लब नेपाल, काठमाडौं । शनिबार १०९ जनामा कोरोना भाइरस (कोभिड–१९) नयाँ संक्रमित थपिएका छन । देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा १०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल १८ हजार ४८३ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ४५ जनाको मृत्यु भएको छ भने १३ हजार ५३ जना निको भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११÷११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोटमा ६÷६ जना र दाङमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४÷४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैचडीमा ३÷३ जना, काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २÷२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा एकएक जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि