१३ श्रावण २०७७, मंगलवार १९:३२

नेकपा फुटको संकेत, ओलीले स्थगित गरेको बैठक प्रचण्डले चलाए


मिडिया क्लब नेपाल, काठमाडौं । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओली बिनै बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि समापन भएको छ ।
ओलीको कार्यशैलीको भद्र विरोध भइरहेकै छ । आज बस्ने तय भएको स्थायी समिति बैठक अन्तिम समयमा आएर ओलीले स्थगित गरेपछि स्थायी समितिसदस्यहरुले पार्टीको विधि, विधान विपरित बैठक स्थगित गर्ने ओलीको निर्णय अनुचित भएको बताएका छन् ।

अध्यक्ष ओलीले वैठक स्थगित भएको सूचना प्रवाह गरेपछि दाहाल—नेपाल समूहका स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयबीच थप छलफल गरी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी दिने निर्णय पनि गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । साथै प्रचण्डलाई नै अब ओलीसँग वार्ता गरेर सहमति जुटाउन जिम्मेवारी दिइएको पनि बताइएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीको एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्धति अनुसार अगाडी बढाउन र वर्तमान संकटलाई निकास दिन आ—आफ्नो भूमिका खेल्न पनि बैठकले नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि