२२ श्रावण २०७७, बिहीबार १९:३७

भदौ १ गतेदेखि हवाई उडान नखुल्ने सरकारको संकेत


मिडिया क्लब नेपाल, काठमाडौं । करिब दुई साता अगाडि बसेको मन्त्रिपरिषदको बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर त्यो निर्णय कार्यान्वयन हुने सम्भावना कम रहेको बिहिबार सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् ।

“जोखिम बढ्दैछ त्यसैले सार्वजनिक यातायात वा अत्यावश्यक बाहेकका अन्तर्राष्ट्रिय उडान तथा आन्तरिक उडान खोलि नहालौँ भन्ने आवाज आइरहेका छन् । हामी केही दिनभित्र कोरोनाभाइरस सङ्कट व्यवस्थापन समितिको बैठक बसेर यी विषयको समीक्षा गर्छाै” सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले भने ।

प्रतिक्रिया दिनुहोस
हाम्रो बारेमा
सूचना विभाग दर्ता नं. : 14020-75/76
प्रेस काउन्सिल नेपाल दर्ता नं. : 805-075/076
अध्यक्ष : श्यामकृष्ण लम्साल (एस.के. लम्साल)
सम्पादक : सरोज सत्याल
कार्यकारी सम्पादक : दिपक तिमल्सिना
             
सम्पर्क
ठेगाना : बनेपा, काभ्रे
सम्पर्क कार्यालय : काठमाडौं म.न.पा.–३५, सुविधानगर, काठमाडौं
सम्पर्क नम्बर : ९८४१९७३१२०, ९८५११४२७६६
इमेल ठेगाना : [email protected]
सामाजिक संजालमा हामि